June 23, 2017, 9:16 pm      |      २०७४ असार ०९ शुक्रबार
NEWS HEADLINES

बन्द उदयपुर सिमेन्ट उद्योग संचालन

उदयपुर  नेपालको सवैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट कारखाना विहिबारबाट संचालनमा आएको छ । झण्डै २० दिनदेखि बन्द सिमेन्ट उद्योगको रअ मिलको गियर पिनियन दिल्लीबाट मर्मत गरेर ल्याएपछि उद्योग संचालनमा आएको हो ।

 

सिमेन्ट उद्योग विहिबार १० बजेबाट संचालनमा आएको नायव महाप्रबन्धक नवलकिशोर साहले बताए । उनका अनुसार मर्मत गरेर ल्याएको मेसिनको कुनै छैन तर कारखानालाई आवश्यक पर्ने मेसिन खरिद गर्नु पर्ने बताए । सिमेन्ट उद्योगको धेरै सामान जापानको कावासाकी कम्पनीले उपलब्ध गराउंदै आएको छ भने साना सामान उपलब्ध गराउन तयार नहुँदा उद्योगलाई कठिनाइ हुने गरेको नायव महाप्रबन्धक साहले बताए । उदयपुर सिमेन्ट उद्योग सानो तिनो सामानको कारणले पटक पटक बन्द हुँदै आएको छ ।

 

दैनिक ८ सय टन सिमेन्ट उत्पादन क्षमता रहेको उदयपुर सिमेन्ट उद्योगले दैनिक ५ सय मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको मेसिन विग्रिएपछि उद्योगलाई १५ करोड भन्दा बढी नोक्सान भएको विक्री विभाग प्रमुख विनोद कुमार पोखरेलले बताए । यस्तै गत चैतमा पनि सिमेन्ट उद्योगको रअ मिलको दाँती विग्रिएर बन्द भएको थियो । बन्द हुँदा करिव ३० करोड नोक्सान भएको थियो ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार