पञ्चराम दमाईको रुप फेरियो

लमजुङ  ढल्किदो उमेर, चाउरिएका गाला अनि फुलेका दाह्रीजुँगा । शरीरमा थोत्रा, मैला कपडा अनि पोका/पुन्दुरा । हातमा सधैँ एउटा टेक्ने लठ्ठी । यस्तै स्वरुपमा प्रायः सदरमुकाम बेँसीसहरमा देखिनु/भेटिनुहुन्थ्यो, पञ्चराम दमाई । 

 

बेँसीसहर नगरपालिका वडा नं-३, दनाई गाउँका उहाँ लामो समयदेखि यहाँको बजारी क्षेत्रमा भारी बोक्दै आउनुभएको थियो । पछिल्लो समय उमेर घर्किएसँगै उहाँ सडकमा त्यसै भौतारिँदै हिँड्ने गर्नुहुन्थ्यो । सडकमा भौतारिँदै हिँड्दै गर्दा उहाँको गास, बासको कुनै भर थिएन ।

 

यस्तो अवस्थालाई ध्यानमा राख्दै उहाँलाई बेवारिसे अवस्थाका सडक मानव व्यवस्थापन कार्य गर्दै आएको सर्वोत्कृष्ट जीवन शाश्वत् चिन्तन (साँचो जीवन निर्माण) अभियानद्वारा सञ्चालित मानवसेवा आश्रम लमजुङले बासको जोहो गरिदिएको छ । 

 

लामो समयदेखि अर्धसडक जीवन (कहिले घर, कहिले सडक) बिताउँदै आएका दमाईको जीवन दुःखदायी र पीडादायी बन्दै गएपछि उनलाई उद्धार गरि आश्रममा ल्याईएको आश्रमकी संयोजक अनिता अधिकारीले बताउनुभएको छ । 

 

उहाँका अनुसार चैतदेखि आश्रममा बासको व्यवस्था गर्दै आएको आश्रमले उहाँलाई यसअघि पनि धेरै पटक उद्धारको प्रयास गरेको थियो । तर आश्रममा जान उहाँले मान्नुभएको थिएन । 

 

आश्रमको संयोजनमा सोमबार प्रमुख जिल्ला अधिकारी युवराज मैनाली, बेँसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्ट, महिला विकास अधिकृत विष्णुमाया पौडेल, बेँसीसहर नगर कार्यपालिका समितिका सदस्य मन्दिरा दनाई लगायतका सरोकारावालाहरुको सहभागितामा पञ्चरामको उद्धार गरिएको हो ।

 

 

सडकबाट उद्धार गराउने प्रयास गरिएकोमा अटेर गर्दै भागेर दनाईगाउँमै पुगेका दमाईलाई आश्रमका साधक तथा स्वयंसेवकहरुले उद्धार गरेका थिए । उद्धार गरिएपछि उहाँलाई नुवाई धुुवाई गरी राखिएको आश्रमका साधक प्रकाश दवाडीले बताउनुभएको छ । उहाँका अनुसार उहाँको पुरानो हुलिया फेरिएको छ । ‘अहिले त उहाँ चिन्नै नसक्ने हुनुभएको छ,’ उहाँले भन्नुभयो । 

 

उहाँले लगाएको कपडा फुकाल्दा दुई बोरा भएको, साथबाट हजार रुपैयाँ बढी खुद्रा पैसा, पुराना पर्स, घडीहरु र चम्चा फेला परेको पनि दवाडीले बताउनुभयो ।

 

उहाँको ईच्छा हुँदासम्म वा आफन्तजनले लगेर पाल्ने जिम्मेवारी नलिँदासम्म उनलाई आश्रममै राखिने आश्रम सञ्चालक संस्था सर्वोत्कृष्ट जीवनका संयोजक एवं नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य किसान संगीत नेपालीले बताउनुभयो ।    

 

बेँसीसहरस्थित विद्या विकास बोर्डिङ स्कूलमा खाना खाने, दिनभरी पैसा माग्दै सडकमा हिँड्ने र राती सुत्न कुनैदिन दनाईगाउँ स्थित टहरोमा पुग्ने त कहिले सडक पेटीमै रात गुजार्ने गरेको स्थानीय मन्दिरा दनाईले बताउनुभयो । - श्यामशितल परियार/उज्यालो ।    


सबै पर्तिकृयाहरु

 

Web Developer for IT Company

Posted: 2017-12-12 15:26:30

About the Company: HR Nepal is a leading company for Job placement, HR Consulting and...
Admin & Finance Officer for Reputed NGO

Posted: 2017-12-12 13:07:11

Job Title: Admin & Finance Officer Reports to : Manager  Job purpose He/ she will be...
Int'l Relation Officer for Manpower Agency

Posted: 2017-11-13 17:13:04

International Relation Officer for Manpower Agency ! Post: International Relation officerNo. of...
Office Assistant for Travel Agency

Posted: 2017-11-09 16:43:15

Office Assistant for travel Agency !No. of position : 2 (male) Job specification:1. Good...
Accountant for Trading Company !

Posted: 2017-11-08 13:56:43

# Post:Accountant  No of Vacancies: 3 Salary:Negotiable Minimum...
Ticketing Officer for Travel Agency

Posted: 2017-10-11 12:37:25

Ticketing Officer for Travel Agency # Post:Ticketing Officer (Female)No of Vacancies:...
More Jobs