'ढिस्कोले पुरिएछु'

काठमाडौ । आरोहणको बाटो भोलिपल्टै बनाउने योजनाका साथ पथप्रदर्शक (गाइड) काजी शेर्पा बिहीबार राति ढुक्कले सुतेका थिए । अर्को समूहका गाइडहरू शुक्रबार बिहान तीन बजे नै उठेर हिँडेपछि उनीसहितको ६ जनाको टोली पनि एक घन्टा पछि क्याम्पबाट उकालो लाग्यो ।

 

'मसँग रेडियो कन्ट्याक्ट थियो, उठेपछि सन्देश आयो । अलि माथि बाटो बिग्रेको छ । बिस्तारै आउनु,' काजीले सम्झे 'अघिल्लो रातसम्म त मौसम ठीकै थियो । के भएछ ।' हिमपहिरोमा घाइते भएपछि शुक्रबारै काठमाडौं ल्याएर नर्भिकको एमआईसीसीयूमा उपचार गराइरहेका उनले यसरी विपत्ति आउला भनेर कल्पनासमेत गरेका थिएनन् ।

 

उनको टोली बाटो बिग्रेको स्थानसम्म पुग्दा त्यहाँ ट्राफिक जाम थियो । 'सुरक्षा व्यवस्था मिलाएर बाटो सहज बनाउन म र मेरा साथी अरूभन्दा अगाडि लाग्यौं,' उनले भने, 'काम गर्दै थियौं, माथिबाट अचानक ठूलो हिउँको ढिस्को खस्यो ।' त्यसपछि पनि ढिस्को खस्न रोकिएन । लगातार हिउँको पहिरो जान थालेपछि उनी र उनका साथी त्यहाँबाट भाग्न खोजे । तर सफल भएनन् ।

 

उनीसँगै अरू साथीलाई पनि हिउँले छोपेछ । 'ढिस्कोले लागेपछि बेहोस भएँ,' उनले भने, 'होस आउँदा आधा शरीर हिउँमा पुरिएको थियो । बल्लबल्ल बाहिर निस्केँ ।' उनले सँगै गएका अरू साथीलाई खोजे । तर उनीसँगै अगाडि लागेकामध्ये तीन जनाको मृत्यु भइसकेको थियो ।

 

घाइतेमध्ये काजी अलि बढी सुरक्षित छन् । दाबा तासी शेर्पालाई सबैभन्दा बढी असर परेछ । उनलाई ग्रान्डी अस्पताल धापासीको आईसीयूमा राखिएको छ । तासीको हातमा प्रत्यक्ष देखिने चोट बढी छ । श्वासप्रश्वासमा पनि कठिनाइ भइरहेको स्वास्थ्यकर्मीले बताए । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्वतारोहण महाशाखा प्रमुख मधुसूदन बुर्लाकोटीका अनुसार बिहान करिब साढे ६ बजेतिर आएको हिमपातमा परी काजी र तासीसहित ६ जना घाइते भएका छन् ।

 

सात वर्षदेखि पर्वतारोहण पथप्रदर्शकको काम गरिरहेका काजी झन्डै डेढ महिनाअगाडि काठमाडौंबाट सगरमाथा आधार शिविरतर्फ लागेका थिए । उनका तीन साथीसँगै अन्य ९ गरी १२ जना नेपाली पर्वतारोहण पथप्रदर्शकको मृत्यु भएको छ ।

 

सगरमाथा आधार शिविर र पहिलो क्याम्पको बीचको करिब ५ हजार ८ सय मिटर उचाइको क्षेत्रमा हिमपात भएको थियो । 'अझै चार जना हराइरहेका छन्,' मन्त्रालय प्रवक्ता मोहनकृष्ण सापकोटाले भने, 'शनिबार फेरि उनीहरूको खोजी हुनेछ ।' उनका अनुसार जलवायु परिवर्तनका कारण बेमौसममै हिउँ पग्लिनाले यस्तो समस्या आएको हो । गतवर्ष पनि मनास्लुमा हिमपात हुँदा एक दर्जन (स्वदेशी/विदेशीसमेत) ले ज्यान गुमाएका थिए । पर्वतारोहण सुरु हुनुअघिको घटनाले सबैलाई सचेत बनाएको बुर्लाकोटीले बताए ।

 

उनका अनुसार आधार शिविरमा यस्ता घटनामा परेकालाई छिटो सहयोग उपलब्ध गराउन सरकारले ७ जना सम्पर्क अधिकृत खटाएको छ । टोली सदस्यको सुरक्षाका लागि शुक्रबार नै सरकारले आठ हजार मिटर उचाइका कुनै पनि हिमाल चढ्दा टोलीसँग रहेका गाइडबाहेक स्थानीय 'हाई अल्टिच्युड' गाइड पनि अनिवार्य राख्नुपर्ने प्रावधान बनाएको छ ।

 

आरोहणको मौसम सुरु हुनासाथ बाटो बनाउन नेपाली शेर्पा पथप्रदर्शक सगरमाथा पुगेका थिए । उनीहरूले बाटो बनाइसकेपछि मे दोस्रो सातादेखि आरोही शिखरको चुचुरोतर्फ लाग्छन् ।

 

नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरिङ शेर्पाका अनुसार सगरमाथामा यस्तो हिमपात भएको यो तेस्रो हो । यसअघि सन् १९९६ र १९७० मा सर्वोच्च शिखरमा हिमपात भएको थियो । १९९६ मा ८ जना आरोही र १९७० मा ६ जना नेपाली पथप्रदर्शकको ज्यान गएको थियो । यसपटक सगरमाथा आरोहणका लागि हालसम्म ३२ टोली (एक नेपाली) का करिब ३ सय ५० जनाले अनुमति लिएका छन् । अहिलेसम्म ४ हजार ४ सय ११ ले सगरमाथा आरोहण गरेकोमा चुचुरो चढ्दा/झर्दा गरी सन् १९५३ यता २ सय ५० जनाको मृत्यु भएको छ ।

 

सगरमाथाको आधारशिविरबाट पहिलो क्याम्पमा उक्लने मार्गमा शुक्रबार हिमपहिरोमा परी घाइते भएकाको उद्धार गरिँदै । तस्बिर : बुद्धवीर राई/रासस 


सबै पर्तिकृयाहरु

 

Web Developer for IT Company

Posted: 2017-12-12 15:26:30

About the Company: HR Nepal is a leading company for Job placement, HR Consulting and...
Admin & Finance Officer for Reputed NGO

Posted: 2017-12-12 13:07:11

Job Title: Admin & Finance Officer Reports to : Manager  Job purpose He/ she will be...
Int'l Relation Officer for Manpower Agency

Posted: 2017-11-13 17:13:04

International Relation Officer for Manpower Agency ! Post: International Relation officerNo. of...
Office Assistant for Travel Agency

Posted: 2017-11-09 16:43:15

Office Assistant for travel Agency !No. of position : 2 (male) Job specification:1. Good...
Accountant for Trading Company !

Posted: 2017-11-08 13:56:43

# Post:Accountant  No of Vacancies: 3 Salary:Negotiable Minimum...
Ticketing Officer for Travel Agency

Posted: 2017-10-11 12:37:25

Ticketing Officer for Travel Agency # Post:Ticketing Officer (Female)No of Vacancies:...
More Jobs