June 23, 2017, 9:13 pm      |      २०७४ असार ०९ शुक्रबार
NEWS HEADLINES

नेप्सेमा १९ अंकको वृद्धि , २ अर्ब बढीको कारोबार

काठमाडौ । बुधबार बजार परिसूचक नेप्से १९.१५ अंकले बढेको छ । हिजो मंगलबार बजार बढेर पटक पटक सर्किट ब्रेक लागेपछि सवा घण्टा मै बन्द भएकोमा आज भने  कारोबार अवधि भर तिब्र उतार चढाव देखियो ।

 

उतार चढावका बीच बजारमा केहि समस्या आएपछि नेप्सेले कारोबार समय १५ मिनेट थप गरेको थियो ।  ३:१५ सम्म चलेको बजार १९.१५ ले बढेर १७७९.५७ को बिन्दुमा पुगेर रोकिएको छ । यस दिन जम्मा १४६ कम्पनीका ३५ लाख ८१ हजार कित्ता बराबरको शेयर किन बेचबाट २ अर्ब २ करोड ८७ लाख ५९  हजार ७ सय ७९ को कारोबार भयो ।  जस मध्ये नेपाल बंगलादेश बैंकको मात्र १५ करोड १८ लाख बराबरको कारोबार भयो ।

 

अन्य बढी कारोबार हुने कम्पनीहरुमा सिद्दार्थ बैंक, नेपाल बैंक, शिखर इन्स्युरेन्स कम्पनी, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड रहेका छन् । आजको कारोबारमा कमाउनेमा जनता बैंक, टुरिजम् डेभलपमेन्ट बैंक, सेवा विकास बैंक, यति डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स लिमिटेडका लगानीकर्ता रहेका छन् । 

 

त्यस्तै गुमाउनेमा स्वरोजगार लघु बित्त विकास बैंकका संस्थापक शेयर, एभरेस्ट इन्स्युरेन्स, नेपाल ग्रामिण विकास बैंक, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, फस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । 





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार