June 23, 2017, 9:10 pm      |      २०७४ असार ०९ शुक्रबार
NEWS HEADLINES

मुरारका महासंघको कार्यवाहक अध्यक्ष

पशुपति मुरारका नेपाल उद्योग वाणिज्य महासंघको कार्यवाहक अध्यक्ष बनेका छन् । भ्रष्टाचारको कसुरमा महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे मंगलवार पक्राउ परेपछि बुधबार दिउँसो बसेको पदाधिकारी बैठकले बरिष्ठ उपाध्यक्ष मुरारकालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।

महासंघको विधानअनुसार कुनै पनि पदाधिकारी वा कार्यकारी सदस्यलाई प्रहरीले पक्राउ गरेमा उक्त पद रिक्त हुने र ६ महिनाभित्र चुनाव गराई पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । पाण्डे ११ महिनाअघि मात्रै दुर्इ वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि उनी महासंघमा लगातार दुर्इपटक उपाध्यक्ष थिए ।तत्कालीन खानेपानी तथा ढल निकास लिमिटेडमा कर्मचारी हुँदा पाण्डेले २०३८ सालमा भ्रष्टाचार गरेको अभियोगको केही समयमात्र सजाय भोगेको र केही समय भोग्नै बाँकी थियो ।

पाण्डेले तत्कालीन दरबारको हुकुम प्रमांगीमा आधा कसुर मुक्त गरेको दाबी गर्दै आएका थिए ।तर, काठमाडौं जिल्ला अदालतले पाण्डेको दाबी अस्वीकार गर्दै बाँकी जेल सजायँ र जरिवाना दुबै असूल गर्न आदेश दिएको थियो ।  आदेशपछि थुनछेक नगर्न अन्तरिम आदेश माग्दै पाण्डे सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले गत भदौमा तत्काल थुनछेक नगर्न आदेश दिएको थियो ।तर, मंगलबार न्यायाधीश कल्याण श्रेष्ठ र न्यायधीश ओमप्रकाश मिश्रको इजलासले पाण्डेको अन्तरिम आदेश खारेज गरेपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियो ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार