June 23, 2017, 9:14 pm      |      २०७४ असार ०९ शुक्रबार
NEWS HEADLINES

चलचित्रमा महंगी बन्दै केकी

प्रायः सबैको रहरको केन्द्रविन्दु चलचित्र क्षेत्र जहाँ धेरैले आफनो सपनाका लागी मरिहत्य गरिरहेका हुन्छन् । एक त ठुलो पर्दामा देखिने भए पछि बरु पैसा नै नलिई चलचित्र खेल्ने कलाकार पनि छन् यहि सिनेनगरीमा ।

चलचित्र क्षेत्रमा सम्भाबना बोकेर लाग्ने धेरै कलाकार छन् अनि धेरैको सोचाई छ म पनि अरु जस्तै स्टार बन्न पाउ भन्ने तर कति सपनाहरु त्यसै हुरीले लग्छन् त कतिका सपनाहरु पुरा पनि भएका छन् । चलचित्र क्षेत्रमा आज नाम सुनेका धेरै कलाकारहरुले यहाँसम्म आउनका लागी धेरै दुख गरेका छन् तर अहिले चलचित्र क्षेत्रमा लाग्नका लागी केहि दुख गर्नु पर्दैन भन्ने मानसिकताले अहिले नेपाली सिनेमा क्षेत्र राम्रो सगँ फस्टाउन सकेको छैन ।

एक त सिनेमा क्षेत्रको बजार निकै सानो छ त्यहिमा पनि एउटा चलचित्रसँग ४ बटा चलचित्र एकैसाथ सिनेमाहलमा लाग्दा चलचित्रले आफनो लगानी सम्म पनि उठाउन सक्दैनन् । यसरी नै चलचिरहेको नेपाली चलचित्रमा नवकलाकारहरु भित्रने क्रम निकै बढ्दै गएको छ । त्यहि भिडमा चलचित्र क्षेत्रलाई निकै राम्रो चलचित्र दिइ सकेकी नायिका हुन केकी अधिकारी ।

राम्रो अभिनय गर्न माहिर केकी अहिले चलचित्र क्षेत्रमा व्यस्त नायिकाको रुपमा पनि चिनिन्छिन् । नेपाली सिनेक्षेत्रलाई दर्जनौ चलचित्र दिएकी नायिका केकी एउटा चलचित्र खेले बापत ३ देखि ४ लाखसम्म लिने गरेकी बताइएको छ । पछिल्लो समय चलचित्र वितेको पलको राम्रो सफलता पछि केकीले आफनो रेट केहि बढाइएको बताइएको छ ।

केकीको हाल झण्डै नायकहरुकै हाराहारीमा पारिश्रमिक लिने गरेकी छिन् । पछिल्लो समय केहि चलचित्रमा व्यस्त भएपनि कुन चलचित्रको दैडानमा केकी व्यस्त छिन् त्यो भने खुलाएकी छैनन् । यसरी एक पछि अर्को चलचित्रमा व्यस्त बन्दै गएकी नायिका केकी अधिकारीको माग अहिले चलचित्र क्षेत्रमा धेरै छ ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार