June 23, 2017, 9:11 pm      |      २०७४ असार ०९ शुक्रबार
NEWS HEADLINES

साउदीमा नेपाली कामदारहरु समस्यामा

काठमाडौं । साउदी अरवमा हजारौं आफ्ना नागरिक भोक्कै भएपछि भारत सरकारले उद्दार सुरु गरेको छ । तर, नेपालको अवस्थाबारे अहिलेसम्म सरकारले कुनै सूचना सार्वजनिक गरेको छैन । साउदी पछिल्लो समय नेपाली कामदारको प्रमुख श्रम गन्तब्य बनेको छ । तर, त्यहाँ भारती मात्र होइन, नेपाली पनि समस्यामा परेको पाइएको छ । कतिसम्म भने नेपाली कामदारहरुले ९ महिनासम्म तलब पाएका छैनन् ।

 

तेलको मूल्यमा आएको गिरावटसँगै साउदीमा आर्थिक संकट देअिएको छ र त्यसको असर राजगारीमा गएका नेपालीमा पनि गरेको हो । साउदी अरबका कम्पनीमा कार्यरत कामदारले समयमै तलव नपाउने, कम्पनीले बेवास्ता गर्ने र कामदारहरु काम छाड्दै अवैधानिक रुपमा काम गर्ने समस्या बढ्दो छ ।रियादस्थित दूतावासका श्रम-सहचारी अम्बिकाप्रसाद अधिकारीका अनुसार तलव नपाएर अलपत्र परेको सूचनाहरु आउन थालेका छन् ।

 

झण्डै दुई साता हप्ताअघि साउदी अरबको दमामस्थित जुबेलमा २३ नेपाली तलव नपाएर अलपत्र परेको खबर बाहिर आयो । अब्दुल मोअसिन अल मौसा कम्पनीमा काम गर्ने नेपालीहरुले पाँच महिनादेखि तलव नपाएको थाहा पाएपछि नेपाली दूतावासले समाधानका लागि पहल सुरु गरेको छ ।

 

फेरि बुधबार नाफ इन्टरनेशनल कम्पनीमा ४८ नेपाली ३ महिनासम्म तलव नपाएर समस्यामा परेको खबर सार्वजनिक भएको छ । ‘महिना मर्नासाथ तलव बुझ्ने कामदारले लामो समय तलव नपाउँदा अनेक समस्या भोग्नु परेको छ’ श्रम सहचारी अधिकारीले भने,’तलवबाटै रासन किने खानुपर्नेलाई बढी समस्या भएको छ ।’





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार