June 24, 2017, 4:13 am      |      २०७४ असार १० शनिबार
NEWS HEADLINES

राजा घले मानार्थ पर्यटन दूतमा नियुक्त

वाशिंगटन डिसी । पर्यटनको विकाश एवम प्रवर्द्धनका लागि अमेरिकाको जर्जिया एटलान्टाका समाज सेवी तथा ब्यवसायी राजा घलेलाई नेपाल पर्यटन बोर्डले दक्षिण पूर्वी क्षेत्रका लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको छ ।

उक्त पदमा घलेले दुई वर्ष काम गर्ने छन् l पुर्खौली घर ओखलढुंगा रुम्जाटार रहेको बताउने घले अमेरिकामा झण्डै दुई दशक देखि जर्जियामा बसोबास गर्छन ।  नव नियुक्त घले नेपाली समुदायसँग मात्र नभई अन्य संघ तथा संस्थामा त्यतिकै सक्रिय छन्  ।

पर्यटन बोर्डले नियुक्त गरे पछि सामाजिक सञ्जाल मार्फत पर्यटन बोर्डलाई धन्यवाद दिदै आफू उत्प्रेरित हुनु को साथै निकै उत्साहित भएको बताएका छन्  । बोर्डले दिएको जिम्मेबारलाई कर्तब्यनिष्ठको साथ निभाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

घले एक प्रतिष्ठित अन्तरराष्ट्रिय संस्था एसियन प्यासिफिक अमेरिकन काउन्सिल (एप्याक) को पूर्व महासचिब जस्तो गरिमय पदमा बसेर सिङ्गो राष्ट्र नेपाल र नेपालीहरुको प्रतिनिधित्व गरेका थिए ।

नेपाली समुदायमा ख्यातिप्राप्त संस्था नेपलिज एशोसियसन इन साउथ इस्ट अमेरिका- नासाको पूर्व अध्यक्ष, एनआरएन. आईसीसीका अमेरिकाका पूर्व आईसीसी सदस्य ,एनआरएन.एनसीसी अफ यूयसएको सह-अध्यक्ष तथा भिजिट नेपाल २०११ को लागि अध्यक्ष भै योगदान पुरयाई  सकेका छन्  ।

यसै गरि केहि बर्ष अगाडी नेपाली व्यवसायी एवं समाज सेवामा सक्रिय रहेका राजा घलेलाई यहाँ रहेका नेपालीहरुको संस्था नेप्लिज एशोसियसन अफ जर्जिया (न्याग) ले हिरो अफ द इयरको रुपमा सम्मान गरेको थियो ।

बिमान चालक बन्ने सपना बुनेर नेपालबाट अमेरिका आएका घले बिमान चालक पनि हुन् l समाज सेवा गर्न रहर लाग्ने बताउने घले आफ्नो ब्यबसायमा पनि संलग्न रहेका छन् ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार