June 24, 2017, 4:13 am      |      २०७४ असार १० शनिबार
NEWS HEADLINES

राष्ट्रिय सरकारको बाधक काँग्रेस : माधवकुमार नेपाल

रौतहट । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिका कारण राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेको कुरा नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताउनुभएको छ ।
 
रौतहट क्षेत्र नं १ मा संसदीय विकास कोषको रकमबाट निर्माण भएका विभिन्न योजनाको अनुगमनपश्चात् प्रेस चौतारी नेपालद्वारा गौर नर्सिङ क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले विगतको सरकारमा पनि काँग्रेस सहभागी हुनुपथ्र्यो र वर्तमान सरकारमा पनि एमाले सहभागी हुनुपथ्र्यो तर राष्ट्रिय सहमतिको सरकार बनाउने छलफल भइरहेको बेला एक्कासि माओवादी केन्द्रले हतार-हतार अविश्वासको प्रस्ताव ल्याएर ठूलो गल्ती गरेको बताउनुभयो ।
 
जबसम्म देउवाले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैनन् तबसम्म कुनै पनि हालतमा एमाले सरकारमा नजाने उहाँले बताउनुभयो । सङ्क्रमणकालमा सबै सहभागी भई संविधानमा देखिएको त्रुटी हटाउनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।
 
पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले अहिले धमाधम गाउँपालिका/नगरपालिका र महानगरपालिका बन्ने होडबाजी नै चलेको छ, यो नितान्त गलत भएको र यसबाट जनताले सुविधा पाउनुको सट्टा समस्यामा पर्ने भएको बताउँदै यसलाई तत्काल रोकी संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
 
अहिले स्थानीय निर्वाचन अत्यन्त जरुरी छ भन्नुहुँदै नेता नेपालले यसका लागि स्थानीय, इलाका एवम् सङ्घ वा अधिकार सम्पन्न बनाउन पनि संविधान संशोधन गर्नुपर्ने र यसका लागि सबै मिली अघिबढ्नु पर्नेमा जोड दिनुभयो ।  





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार