देश्भर मिस्टर झोले र बटरफ्लाई एकैसाथ प्रदर्शनमा

काठमाडौं । देश्भरका चलचित्र हलहरुमा एकैसाथ दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ । निर्देशक दीपेन्द्र के. खनालद्वारा निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको फिल्म 'झोले'को ब्रान्ड प्रयेग गरी टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा ‘मिस्टर झोले’ निर्माण गरेको हो ।

रौनकविक्रम कँडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् । 'कबड्डी', 'कबड्डी कबड्डी', 'पुरानो डुंगा' फिल्मका निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन्। फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वुद्धि तामाङलगायतका कलाकारहरुको मुख भूमिका रहेको छ।

ओमप्रतिक गुरुङ निर्दशित ‘बटरफ्लाई’मा आर्यन अधिकारी र नायिका प्रियंका कार्कीको मुख्य भूमिका छ । यसैगरी अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । सुरेश बज्रचार्य फिल्मका छायाँकार हुन् ।

राजधानीमा प्रिमियर शो गरी अल नेपाल रिलिज भैरहेको मिस्टर झोलेमा दयाहाङ राई, प्रवीण खतिवडा, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, सरोज अर्याल, दिया पुन, वर्षा राउत, अरुणा कार्की, लक्ष्मी बर्देवा, निरू खड्कालगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्।

निर्देशक रामबाबुकै लेखन रहेको फिल्ममा कालिप्रसाद बासकोटा र सुजेन कार्कीको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको पाश्र्व संगीत रहेको छ ।

मिस्टर झोलेसँगै बटरफ्लाई नामक अर्को फिल्म पनि रिलिज भएको छ । ओम प्रतीक गुरुङद्वारा निर्देशित यो फिल्ममा आर्यन अधिकारी, प्रियंका कार्कीलगायतले अभिनय गरेका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs