एमबिबिएसको प्रश्नपत्र लिक गर्ने ६ जना दोषी

काठमाडौं । विशेष अदालतले एमबिबिएस परीक्षामा प्रश्नपत्र लिक गर्ने काठमाडौंस्थित गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डेसहित ६ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यद्वय द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले तीन वर्षपछि फैसला सुनाएको हो ।

०७१ मंसिरमा शिक्षा मन्त्रालयले गराएको एमबिबिएस परीक्षामा गोल्डेन गेटका सञ्चालकले अन्य व्यक्तिसँग मिलेमतो गरी प्रश्नपत्र लिक गराएको ठहर गर्दै विशेषले कलेजका निर्देशक देवीराम पाण्डेलाई नौ महिना कैद र पाँच लाख पाँच हजार जरिवाना हुने तथा सोही कलेजका शिक्षक हरिहर भन्ने खेतरनाथ सापकोटालाई एक महिना १५ दिन कैद र २५ सय जरिवाना हुने फैसला सुनाएको छ ।

अदालतले पाण्डेसहित ६ जनालाई दोषी ठहर गर्दै उनीहरूबाट बरामद गरेको ३४ लाख २५ रुपैयाँसमेत जफत गर्न भनेको छ । विशेषले सहिद अख्तर र धर्मेन्द्र संग्रौलालाई भने सफाइ दिएको छ । एमबिबिएस छात्रवृत्तिका लागि शिक्षा मन्त्रालयले लिने परीक्षाको प्रश्नपत्र परीक्षाअघि नै सार्वजनिक भएको थियो ।

विशेषले प्रश्नपत्र लिक गराउने कार्यमा संलग्न अन्य प्रभातकुमार कुशवाहलाई चार वर्ष कैद ३४ लाख जरिवाना, धर्मेन्द्र यादवलाई एक वर्ष कैद नौ लाख जरिवाना, जिवस यादवलाई एक वर्ष कैद पाँच लाख दुई हजार र महेश्वरप्रसाद यादवलाई दुई वर्ष कैद १७ लाख एक हजार जरिवानाको फैसला सुनाएको छ । -नयाँ पत्रिका 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs