एकताका लागि छलफल जारी : वैद्य

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले क्रान्तिकारी कम्युनिष्ट बीचको एकता आजको ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ ।क्रान्तिकारी माओवादी र नेपाल कम्युनिष्ट पार्टीले २३ औँ जनयुद्ध दिवसका अवसरमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा महासचिव वैद्यले एकताका लागि विभिन्न पार्टीसँग छलफल चलिरहेको र त्यो सकारात्मक दिशामा अघि बढिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विप्लवजी, मोहनविक्रम सिंहजी र ऋषि कट्टेलजीसँग पार्टी एकतासँगै संयुक्त रुपमा आन्दोलनका कार्यक्रम लैजाने बारेमा छलफल चलिरहेको छ ।” उहाँले नेकपा (माओवादी केन्द्र)ले नेकपा(एमाले)सँग पार्टीलाई विलय गराउन लागेको आरोप लगाउँदै त्यहाँ रहेका सच्चा क्रान्तिकारीहरुले विद्रोह गर्ने बेला आएको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद्वादविरुद्ध लडेको पार्टीले संसद्वादको पक्षमा रहेको एमालेसँग एकता गर्दैछ, अब त्यहाँ रहेका इमान्दार नेता, कार्यकर्ताले सोच्ने बेला आएको छ ।”

कार्यक्रममा नेकपाका नेता हेमन्तप्रकाश ओलीले क्रान्तिकारी कम्युनिष्टबीचको एकताका लागि नेतृत्वदायी भूमिका खेल्न महासचिव वैद्यलाई आग्रह गनुृभयो । माओवादी केन्द्रका नेता गोपाल किराँतीले अहिलेसम्म आफूले पार्टी नछोडे पनि एमालेसँग पार्टी एकता भएमा आफूले पार्टी छोड्ने निष्कर्षमा पुगेको बताउनुभयो ।

माओवादी केन्द्र परित्याग गर्नुभएका नेता लोकेन्द्र विष्ट मगरले अहिले क्रान्तिका लागि मैदान खाली रहेको भन्दै माओवादीधारमा रहेका पार्टीबीच एकता गरी त्यो मैदानमा होमिनुपर्ने धारणा राख्नुभयो । वामपन्थी नेता तथा लेखक विश्वभक्त दुलाल‘आहुती’ले विज्ञान र प्रविधिको विकासलाई जोडेर सोही अनुरुपको नयाँ क्रान्तिको तयारी अहिलेको आवश्यकता भएकामा जोड दिनुभयो । रासस


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
More Jobs