८८ किलो सुनसहित एकजना पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले अहिलेसम्मकै ठूलो परिणाममा सुन बरामद गरेको छ । महाशाखाबाट खटिएको टोलीले ८८ किलो सुनसहित एकजनालाई बिहान २ बजे भिआइपी लेखिएको बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीसहित क्षेत्रपाटीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिकाका २४ वर्षीय मनोज अधिकारी रहेका छन् ।

महानगरीय अपराध महाशाखाले अहिलेसम्मकै ठूलो परिणाममा सुन बरामद गरेको छ ।महाशाखाबाट खटिएको टोलीले ८८ किलो सुनसहित एकजनालाई बिहान २ बजे भिआइपी लेखिएको बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीसहित क्षेत्रपाटीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिकाका २४ वर्षीय मनोज अधिकारी रहेका छन् ।

महाशाखाले आज पत्रकारसम्मेलन गरी काठमाडौँ महानगरपालिका–१७ मा पार्किङ गरेर राखेको अवस्थामा गाडीसहित अधिकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । चालक बस्ने पछिल्लो सिट पछिको गाडीको अधिकांश भागमा सुन लुकाइएको देखिन्छ । गाडीको बडीको खोक्रो भागमा फोमभीत्र सुन राखेर फरक फरक ठाउँमा लुकाइएको देखिन्छ । राति नै गाडीलाई अपराध महाशाखा ल्याइएको थियो ।

पत्रकारसम्मेलनमा महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले रसुवाको केरुङ नाका हुँदै उक्त सुन काठमाडौँ भित्रिएको अनुसन्धानमा खुल्न आएको बताए । 'सुन कताबाट कता लैजान काठमाडौँ ल्याइयो भन्ने बारेमा थप अनुसन्धान भइरहेको छ,' प्रमुख लोहनीले भने । उनले केरुङ नाकाबाट भित्रिएको सुनमा चीनीया नागरिकको सङ्लग्नता रहेको अनुसन्धानमा खुल्न आएको बताए ।

प्रमुख लोहनीले केही दिन अगाडि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समातेको २२ किलो सुन कारोबारीसँग अहिलेको सुनको कारोबारीको सम्बन्ध छ वा छैन भन्ने बारेमा महाशाखाले अनुसन्धान गरिरहेको स्पष्ट पारे । 'सुन तस्करीमा एक/दुई जनामात्र नभई ठूलो समूह रहेको छ, उनीहरुको चाँडै खोजी गछौँ,' लोहनीले भने ।

महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीको नेतृत्वमा गएको टोलीले उक्त सुन बरामद गरेको हो । यसभन्दा पहिला ठूलो परिणाममा एक साता पहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २२ किलो र गत वर्षको माघमा ३३ किलो बरामद गरेको थियो ।रासस


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs