डुमामा अनुगमन गर्न सिरिया र रुसको अनुमति

काठमाडौ । संयुक्त राष्ट्रसंघ तथा पश्चिमा राष्ट्रहरु समेतले सिरियाका विभिन्न स्थानमा रासायनिक पदार्थहरु मिसिएको घातक हतियारबाट भएका हमलाहरुको अध्ययनका लागि यस्ता शस्त्रहरु राखिएका भनिएका स्थानको भ्रमण गर्न सिरिया र रुसले अनुमति दिने भएका छन् । 

ती स्थानको भ्रमण र अवलोकनका लागि रुस र सिरियाले अन्तर्राष्ट्रिय अनुगमनकर्ता तथा विज्ञहरूलाई पनि पहूँच दिने जनाएको समाचारमा उल्लेख गरिएको छ । यसरी ती स्थानमा रुस र सिरियाले वास्तविकता लुकाउने प्रयास गरिरहेको विदेशी अनुगमनकर्ताहरूले जनाएका छन् ।

सिरियाली सरकारी सेनाले डुमामा गराएको हमलाको विषयमा सूचना संकलन गर्नबाट रोकिरहेको यसअघि बताइएको थियो । यसअघि अमेरिका र उसको गठबन्धनका सदस्य राष्ट्रहरुले ती हतियारहरुको प्रयोग गरिएका भनिएका स्थलहरुमा सिरियाली सेनाले नै प्रमाणहरू नष्ट गरिरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । 

डुमामा जानका लागि भन्दै शनिवार नै सिरिया पुगेका अन्तर्राष्ट्रिय विज्ञहरुलाई नमुना संकलन गर्न जानबाट सरकारले रोकेको थियो । यस घटनाको अन्तर्राष्ट्रिय रुपमा नै विरोध गरिएको छ । विरोधस्वरुप ती विदेशी विज्ञहरुले सरकारले नै ती क्षेत्रमा जान नदिएको भन्दै पहूँचका लागि सिरिया र रुसी सरकारलाई दबाव दिएका थिए । 

पहूँच नदिइएको भन्नु आरोपमात्र 

यसैबीच अन्तर्राष्ट्रिय रुपमा अनुगमन गरिरहेको अधिकारीहरूलाई सिरियामा रासायनिक हतियार आक्रमणबारे छानविन गर्न गएको समूहलाई रूस र सिरियाले अवरोध गरेको समाचार आधारहीन भएको क्रेमलिनले जनाएको छ । 

रूसप्रति लगाइएका यस्ता आरोपमा कुनै सत्यता नभएको क्रेमलिनले जनाएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि उक्त आरोपको खण्डन गरेक छन् । उनले सिरियामा रासायनिक आक्रमण भएको भनिएको घटनाको पूर्वाग्रहरहित अनुसन्धानको पक्षमा रुस रहेको उनको भनाई छ । 

रूस र सिरियाले रासायनिक हतियार निवारण सम्बन्धी अन्तर्राष्ट्रिय संगठन (ओपिसीडब्लु)ले खटाएका हतियार विज्ञ सदस्यलाई सिरियाको डुमामा प्रवेश गर्न अवरोध गरेको बेलायतले जनाएको थियो । 

यही अप्रिल ७ मा भएको भनिएको उक्त आक्रमणमा रूसबाट समर्थन प्राप्त सिरियाली राष्ट्रपति वसर अल–असदको प्रशासनले क्लोरिन र सारिन नामक विषाक्त ग्यास हमला गरेको र त्यसमा परी कम्तमिा पनि ४० जना विद्रोहीको मृत्यु भएको थियो । एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs