निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । शंखरापुर नगरपालिकास्थित कालिकाशरण उच्च माध्यमिक विद्यालय सञ्चालन भएको महिलाहरूका लागि निःशुल्क पाठेघर तथा क्यान्सर रोग स्वास्थ्य परीक्षण सेवा सम्पन्न भएको छ। यसका साथसाथै रोगी बालबालिकाका लागि औषधी उपचार वितरण पनि गरिएको छ।

कार्यक्रममा वरिष्ठ बालरोग विशेषज्ञ डा. रमेश मल्ल र स्त्री रोग विशेषज्ञ अञ्जली महर्जन तथा दिव्य राईसहितको टोलीले कार्यक्रममा सेवा पु¥याउनुभएको थियो। नेपाल अर्बुध रोग निवारण संस्था, काठमाडौं जिल्ला शाखा, रोटरी क्लब अफ शंखरापुर, रोटरी क्ल्ब अफ बालाजु, बागमती इनर≈वील, रन नेपाल तथा नटओडन रोटरी क्लबको संयुक्त आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा स्टार लाइट स्वास्थ्य सेवा केन्द्रबाट निःशुल्क औषधी उपल्बध गराइएको थियो।

साथै कार्यक्रममा उपस्थित भएका नेपाल अर्बुध रोग निवारण, काठमाडौं शाखाका सभापतिले क्यान्सर रोकथामजस्ता शिविरहरू रोगीहरूका लागि बढी प्रभावकारी हुने भएकाले यस्ता कार्यक्रमहरूलाई अझ निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।

शिविरमा करिब १ सय १७ जना बालबालिकाले स्वास्थ्य उपचार गराएका थिए भने महिलाहरूको पनि बाक्लो उपस्थिति रहेको आयोजक क्लबले जनाएको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs