अमेरिकाको परमाणु हतियार नष्ट गर्न उत्तर कोरियालाई आग्रह

काठमाडौं । उत्तर कोरियाले अबको साढे दुई वर्षभित्र परमाणु निश्शस्त्रीकरण गरेर देखाओस् भन्ने अमेरिकाले इच्छा व्यक्त गरेको छ । दक्षिण कोरियाको यात्रामा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले उत्तर कोरियासँग ‘एक गहन सम्झौतामाथि काम हुन अझै बाँकी’ भएको बताएका छन् ।

उनले भने, ‘अत्यधिक मात्रामा निश्शस्त्रीकरण । हामीलाई आशा छ कि यो लक्ष्यलाई साढे दुई वर्षमा हाँसिल गर्न सकिनेछ ।’ अमेरिकी विदेशमन्त्रीको यो टिप्पणी सिंगापुरमा राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनको ऐतिहासिक भेटवार्ताको एक दिन पछि आएको हो ।

दुबै नेताले वान टु वान वार्ताको क्रममा ‘कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा परमाणु हतियारमुक्त गर्ने दिशामा अघि बढ्ने’ विषयमा सहमती गरेका छन् । तर उक्त सम्झौतामा उत्तर कोरियाले कहिले र कसरी आफ्नो हतियार छोड्ने भन्ने बारे स्पष्ट जानकारी उल्लेख छैन । यसै कारण सम्झौताको आलोचना भइरहेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको तर्फबाट अब परमाणु खतरा नभएको र ‘हरेक व्यक्तिले अब अत्यधिक सुरक्षित महसुस गर्नसक्ने’ बताएका छन् । बीबीसी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs