मेगा बैंकको साढे १२ प्रतिशत ब्याजदरको खाता सुरु

काठमाडौं । मेगा बैंक नेपालले ग्राहकका लागि आकर्षक मुद्दती खाता योजना र दुई वटा आकर्षक बचत खाता योजना ल्याएको छ । जसअन्तर्गत बैंकले ‘मेगा राइजिङ मुद्दती खाता’ योजना ल्याएको हो । न्यूनतम १ लाख रुपिया“मै मुद्दती खाता खोल्न सकिने यो खातामा मासिक रुपमा ब्याज भुक्तानी हुने गरी वार्षिक १२.५ प्रतिशत ब्याज पाइनेछ ।

यस योजनामा ग्राहकलाई निक्षेपको ९० प्रतिशतसम्म ओभरड्राफ्ट सुविधा दिइने मेगा बैंकले जनाएको छ । ‘मेगा राइजिङ बचत खाता’ योजनामा पनि उत्तिकै आकर्षक सुविधाहरु समावेश गरिएको छ । न्यूनतम १० हजार रुपिया“मै बचत खाता खोल्न सकिने यो खातामा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी बार्षिक ८.५० प्रतिशत ब्याज पाइनेछ । यो योजनामा ग्राहकका लागि चेकबुक, अकाउन्ट स्टेटमेन्ट, सि–आस्बा सेवा निःशुल्क बनाइएको छ ।

यस्तै, दुई लाख रुपिया“सम्म एबीबीएस सेवा निःशुल्क गरिएको छ ।  ‘मेगा कर्पोरेट बेनिफिट बचत खाता’ योजनामा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी वार्षिक ८.२५ प्रतिशत ब्याज पाइने यो खाता एक हजार रुपिया“मै खोल्न सकिनेको साथै उत्तिकै आकर्षक सुविधाहरु समावेश गरिएको छ । यो योजनामा चेक बुक, मेगा अनलाइन बैंकिङ, भिसा डेबिट कार्ड, अकाउन्ट स्टेटमेन्ट, सी–आस्बा सेवा निःशुल्क पाइनेछ । यस्तै, दुई लाख रुपिया“सम्म एबीबीएस सेवा पनि निःशुल्क गरिएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs