अमेरिकामा फेरि एक नेपाली युवाको हत्या

भर्जिनिया । अमेरिकामा नेपालीहरुको हत्या क्रम बढिरहँदा अमेरिकाको राजधानीमा फेरि एक नेपालीको हत्या भएको छ । अमेरिकाको सुरक्षित क्षेत्र मानिएको भर्जिनियामा गोरखा जिल्लाको केराबारी स्थायी घर भएका रेशम बजगाईंको ज्यान गएको हो । भर्जिनियाको हरन्डनस्थित फ्रेकलिन फार्मको सुनोको ग्यास स्टेशनमा काम गरिरहेको अबस्थामा बुधबार बिहान सवा १ बजे उनीमाथि लुटेराहरुले आक्रमण गरेका थिए ।

आगो निभाउने उपकरण (फायर एक्सटिनगुईसर) ले टाउकोमा हिर्काउँदा उनको घटनास्थलमै ज्यान गएको फेयर फ्याक्स प्रहरीले जनाएको छ । प्रहरीले अस्पताल लगेपनि उनलाई तत्कालै मृत घोषित गरिएको थियो । अहिलेसम्म परिवारलाई पार्थिव शरीर हेर्न दिइएको छैन् । उनी हप्ताको एक दिनमात्रै यो ग्यास स्टेशनमा काम गर्दै आएको मृतकका आफन्त ठाकुर ढकालले जानकारी दिए । अकल्पनीय घटनापछि सिंगो नेपाली समुदाय स्तब्ध भएको छ ।

भर्जिनियास्थित संचारकर्मी गुणराज लुँइटेलका अनुसार, ४० बर्षीय बजगाईं नौ महिनाअघि मात्रै नेपालबाट अमेरिका आएका थिए । श्रीमतीलाई डिभी परेका कारण बजगाईं अमेरिका हुन् । श्रीमती र पाँच बर्षकी छोरी ४ बर्षअघि अमेरिका आए पनि उनीआएको नौ महिना मात्रै भएको थियो । काम गर्न सजिलो हुने भएकाले घरनजिकैको ग्यास स्टेशनमा काम गर्दै आएका थिए ।

तर, विडम्वना ! मिठो खाउँला र राम्रो लगाउँला भनेर आएका उनी नौ महिना पनि बाँच्न पाएनन् । गोरखाको केराबारीबाट भरतपुर सरेका बजगाईं पारिवारको अबस्था नेपालमा निकै नाजुक रहेको बताइएको छ । परिवारिक अबस्था कमजोर भएकै कारण बजगाई १० बर्षसम्म खाडी मुलुक कतारमा बसेर काम गरेका थिए । कतारबाट नेपाल फर्केको ३ बर्षपछि उनी गत बर्ष सेप्टेम्बर २०१७ मा अमेरिका आएका हुन् ।

प्रहरीले घटनामा संलग्न चार जनामध्ये ३ जनालाई पक्राउ गरेको छ । मुख्य अभियुक्त भने अझै फरार रहेको बताइएको छ । घटनापछि बजगाईंकी श्रीमती अचेत अबस्थामा छिन् भने रक्लायण्ड भिजेज ड्राइभस्थित उनको निवासमा समवेदनाका लागि नेपाली समुदायको भीड लागेको छ । एनआरएन भर्जिनियाले मृतक परिवारलाई राहतका लागि गो फण्ड अकाण्टमार्फत रकम संकलन सुरु गरेको छ ।

एनआरएन भर्जिनिया च्याप्टरका अध्यक्ष गोविन्द सुवेदीले मृतक परिवारका लागि सहयोग गरिदिन अपील गरेका छन् । अमेरिकामा नेपालीहरुको बारम्बर यस्ता घटना हुने गरेका छन् । खासगरि, ग्यास स्टेशनमा काम गर्ने नेपालीहरु यस्ता हमलाको शिकार हुने गरेका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs