गुण्डा नाइके लामालाई १ बर्ष कैद

काठमाडौँ  सम्पत्ति सुद्धिकरण विभागले ५ वर्षअघि गुण्डा नाइके गणेश लामा र उनका परिवारका पाँच सदस्यविरुद्ध २७ करोडको स्रोत नखुलेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्य न्यायाधीशहरु द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले लामालाई एक करोड ४० लाख ५० हजार रुपैयाँ अवैध रुपमा आर्जन गरेको भन्दै कैद र उक्त रकम जफत गर्ने सजाय सुनाएको हो ।

हातहतियार तथा खरखजना मुद्धामा डिल्लीबजार कारागारमा हाल सजाय भोगिरहेका लामा सम्पत्ति सुद्धिकरण विभागले दायर गरेका मुद्दामा सजाय पाउने पहिलो ‘हाइ प्रोफाइल गुण्डा नाइके’ हुन् । अदालतले उनका परिवारका अन्य सदस्यलाई भने सफाइ दिएको छ ।

बिशेष अदालतका रजिष्टार नारायण पोखरेलका अनुसार लामालाई १ वर्ष कैद, बिगो बमोजिमको जरिवाना र त्यहि अनुसार सम्पत्ति जफत हुने फैसला सुनाएको हो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs