६.६१ अंकले बढ्दै शेयर बजारमा बृद्धि कायम

काठमाडौं । बैंक र बीमा समूहमा सुधार आउँदा मंगलबार शेयर बजार बढेर बन्द भएको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक ६.६१ अंकले बढेर ११८०.९८ अंकमा उक्लिएको छ। 
 
मंगलबार बजर ११७४.६६ अंकबाट सुरु भएको थियो। कारोबारको पहिलो आधा घण्टा चार अंकले बढेको बजार त्यसपछि लगातार पौने एक बजेसम्म घट्दा चार अंक गुमाएको थियो। तर त्यसपछि बिस्तारै सुधारिएको बजारले दुई बजेपछि तीव्र गतिमा वृद्धि कायम गर्दा अन्तमा बजार ६ अंकले बढ्दै बन्द भएको हो।
 
मंगलबार उपसूचक मिश्रित देखिएका छन्। ११ समूहको कारोबारमा होटल र अन्य बाहेक सबै उपसूचक बढेका छन्। होटल १.४१ र अन्य ३.३९ अंकले घटेका छन्। बैक ६.८७, ट्रेडिङ ५.०७, विकास बैक १४.८८, जलविद्युत ६.३४, फाइनान्स १०.३९, निर्जीवन वीमा ५०.०१, उत्पादनमूलक ६.६१, लघुबित्त १५.६ र जीवन वीमा १३.०१ अंकले बढेका छन्। 
 
मंगलबार १६० कम्पनीका सात लाख ३२ हजार कित्ता शेयर १८ करोड ९५ लाख रुपैयाँमा खरिद बिक्री भयो। सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैकको ८५ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भयो। आरम्भ माइक्रो फाइनान्सका शेयरधनीले १० प्रतिशत कमाए भने मल्टिप्रपोज फाइनान्सका शेयरधनीले करिब ६ प्रतिशत गुमाएका छन्। 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


काठमाडौं । शंखरापुर नगरपालिकास्थित कालिकाशरण उच्च माध्यमिक विद्यालय...


साहित्य

त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


१. स्वतन्त्रता उसले मलाई भन्यो- 'कुनै दासलाई सुतिरहेको देख्यौ भने नउठाउनू। हुन सक्छ, ऊ स्वतन्त्रताको सपना देखिरहेको होस्।' 'यदि कुनै दास सुतिरहेको देख्यौ भने उठाऊ र स्वतन्त्रताबारे उसलाई...


अन्तरवार्ता

अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
अभद्र व्यवहार गर्ने कारबाहीमा
बैतडी । दश वर्षीया बालिकामाथि...
बालिकालाई जबर्जस्ती गर्ने प्रहरी नियन्त्रणमा
कंचनपुर । दश वर्षीया बालिकालाई...
७० वर्षीय वृद्धलाई कुटपिट गर्ने कारागार चलान
कंचनपुर । कृष्णपुर नगरपालिका–७...
खराब आचरण भएका ६ प्रहरी कारवाहीमा
बर्दिया । सङ्गठनको व्यावसायिक...
More Jobs