कृषिवस्तुको आयात रोक्ने मन्त्री खनालको भनाइ

बागलुङ  कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालले केही वर्षमा कृषिवस्तु आयात रोक्ने बताएका छन् । स्थिर सरकार मार्फत कृषि व्यवसायबाट समृद्ध मुलुक निर्माण गरिने योजना अनुसार सरकारले आयात प्रतिस्थापनको नीति लिएको बताएका हुन् ।

प्रेस सेन्टर बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खनालले वैदेशिक रोजगारीमा हिँडेका युवालाई एकैपटक फर्काएर भन्दा उत्पादन बढाएर आर्कषित बनाउने योजना रहेको उनले सुनाए। ‘हामी एकैवर्षमा सबैलाई रोक्छौं भनेर सम्भव देख्दैनौं’ खनालले भने, ‘कम्तीमा १० वर्षभित्र पलायन दर न्यून बनाउने हो, त्यसका लागि यही उत्पादन र बजराको व्यवस्था गर्नु हो।’
 
सरकारले तत्कालका लागि दूध, चामल र गहुँमा आत्मनिर्भर बनाउने, तरकारी निर्यातमुखी बनाउने र युवालाई स्वदेशमा रोजगारी दिने योजना बनाएको बताए। गत निर्वाचनमा दिएका नारा पुरा गर्न १० बर्ष लाग्ने उनको भनाइ छ।
 
भूमि व्यवस्थामा सबै भन्दा धेरै कठिनाई रहेको भन्दै उनले सहकारी मार्फत युवालाई रोजगारीमा ल्याउने, भूमिको चक्लाबन्दीबाट उत्पादन बढाउने काममा नीति बनाईरहेको समेत मन्त्री खनालले प्रष्ट पारेका थिए। कान्तिपुर 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


काठमाडौं । शंखरापुर नगरपालिकास्थित कालिकाशरण उच्च माध्यमिक विद्यालय...


साहित्य

त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


१. स्वतन्त्रता उसले मलाई भन्यो- 'कुनै दासलाई सुतिरहेको देख्यौ भने नउठाउनू। हुन सक्छ, ऊ स्वतन्त्रताको सपना देखिरहेको होस्।' 'यदि कुनै दास सुतिरहेको देख्यौ भने उठाऊ र स्वतन्त्रताबारे उसलाई...


अन्तरवार्ता

अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
अभद्र व्यवहार गर्ने कारबाहीमा
बैतडी । दश वर्षीया बालिकामाथि...
बालिकालाई जबर्जस्ती गर्ने प्रहरी नियन्त्रणमा
कंचनपुर । दश वर्षीया बालिकालाई...
७० वर्षीय वृद्धलाई कुटपिट गर्ने कारागार चलान
कंचनपुर । कृष्णपुर नगरपालिका–७...
खराब आचरण भएका ६ प्रहरी कारवाहीमा
बर्दिया । सङ्गठनको व्यावसायिक...
More Jobs