पहिरोले केरूङबाट हुने नेपाल-चीन व्यापार ठप्प

काठमाडाैं  रसुवाको धुन्चेनजिकैको खोपङ्गभीरमा पहिरो चलेर अरनिको राजमार्ग अवरूद्ध भएपछि रसुवागढी नाकाबाट हुने नेपाल र चीनबीचको ब्यापार ठप्प भएको छ । पहिरोले सडक भत्काएका कारण रसुवागढी नाका हुँदै अाउने सवारीसाधनहरू बीच बाटोमै रोकिएका छन् ।

अहिले पहिरो खसेको स्थानमा मोटरसार्इकल चल्ने ट्रयाक समेत नरहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जानकारी दिएको छ । अहिले रसुवा नाकातर्फ नै सवारीसाधन रोकिएको छ । ती कन्टेनरमा स्याउ र निजी मोबार्इल सेवा प्रदायक एनसेलका सामान रहेको बुझिएको छ । रसुवाको टिमुरेबाट स्याफ्रसम्म मात्रै झन्डै ५० वटा कन्टेनर रोकिएका छन् । 

दशैंका लागि खाद्यान्न, लत्ताकपडा र र्इलेक्ट्रोनिक्स लगायतका सामान लिन तिब्बततर्फ लागेका गाडीहरू पनि धुन्चेमै अलपत्र परेकाा छन् । अार्इतबार देखि नै सडक अवरूद्ध हुँदा काठमाडाैं लगायतका प्रमुख सहरहरूमा दैनिक उपयोगी सामग्रीहरूको अभाव हुन थालेको छ । 

भदाै १ गते धुन्चे नजिक गएको पहिरोका कारण १५ दिनसम्म सडक ठप्प भएको थियो भने खोपाङ्गभीरमा गएको पहिरोले पनि नेपाल-चीन व्यापार अवरूद्ध भएको थियो । अहिले सडक खुलाउनका लागि प्रयास भर्इरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पाैडेलले बताएका छन् ।

झन्डै ३ सय सवारीसाधन बाटैमा रोकिएकाले मंगलबारदेखि नै पहिरो पन्छाउन कोशिस गरिएको, तर ठूला ढुँगा हटाउन समस्या परेको पाैडेलले जानकारी दिए । सडक सूचारू गराउन रसुवा प्रशासनले सडक विभागसँग समन्वय गरिरहेको छ। तर, पहिरो पन्छाउन कोशिस भर्इरहेको स्थानमा लगातार पहिरो खसिरहेको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार







स्वास्थ्य

म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


काठमाडौं । शंखरापुर नगरपालिकास्थित कालिकाशरण उच्च माध्यमिक विद्यालय...


साहित्य

त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


१. स्वतन्त्रता उसले मलाई भन्यो- 'कुनै दासलाई सुतिरहेको देख्यौ भने नउठाउनू। हुन सक्छ, ऊ स्वतन्त्रताको सपना देखिरहेको होस्।' 'यदि कुनै दास सुतिरहेको देख्यौ भने उठाऊ र स्वतन्त्रताबारे उसलाई...


अन्तरवार्ता

अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
अभद्र व्यवहार गर्ने कारबाहीमा
बैतडी । दश वर्षीया बालिकामाथि...
बालिकालाई जबर्जस्ती गर्ने प्रहरी नियन्त्रणमा
कंचनपुर । दश वर्षीया बालिकालाई...
७० वर्षीय वृद्धलाई कुटपिट गर्ने कारागार चलान
कंचनपुर । कृष्णपुर नगरपालिका–७...
खराब आचरण भएका ६ प्रहरी कारवाहीमा
बर्दिया । सङ्गठनको व्यावसायिक...
More Jobs