प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा जाने

काठमाडौं । प्रधनमन्त्री केपी शर्मा ओली यही असोज ६ गते न्यूयोर्क भ्रमणमा जाने भएका छन् । नेपाली प्रतिनिधि मण्डलका २० सदस्यसहित प्रधानमन्त्री ओली अमेरिका जान लागेका हुन् । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको न्युयोर्क भ्रमणको तयारी भइरहेको जानकारी दिएको हो । 

मंगलबारदेखि संयुक्त राष्ट्र संघको ७३ औँ महासभा (युएनजीए–७३)का औपचारिक कार्यक्रमहरु शुरु हुँदैछ । महासभा अन्तर्गत दुई सातासम्म विभिन्न सत्रमा छलफल हुने कार्यक्रम रहेको छ । मंगलबार (अजोस २ गते अर्थात १८ सेप्टेम्बर) स्थानीय समयअनुसार बिहान १०ः३० बजे परिवार नियोजन सम्बन्धी सत्र शुरु हुँदैछ । महासभा अन्तर्गत विभिन्न विषयमा २ सय ७५ वटा कार्यक्रम हुने छ । 

यी नै कार्यक्रममा सहभागी हुन प्रधानमन्त्रीसहित नेपाली प्रतिनिधि मण्डलका २० सदस्यहरु अमेरिका जान लागेका हुन् । स्रोतका अनुसार टोलीमा प्रधानमन्त्री ओलीसहित पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरु, प्रधानमन्त्री कार्यालयका अधिकारीहरु तथा प्रधानमन्त्रीका केही सल्लाहकारहरु समेत सहभागी हुने छन् ।

त्यस्तै नेपाली प्रतिनिधि मण्डलमा न्युयोर्कस्थत नेपाली नियोगबाट अधिकारीहरुसमेत सहभागी हुने छन् । प्रधानमन्त्री ओलीले महासभालाई असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको सदस्य राष्ट्रको प्रतिनिधि सम्बोधन तालिकामा असोज ११ गते बिहीवार (सेप्टेम्बर २७) स्थानीय समय अनुसार दिउँसो ३ बजेदेखि राति ९ बजेसम्मको सत्रमा नेपालको तर्फबाट सम्बोधन हुने कार्यक्रममा उल्लेख छ ।

महासभामा असोज ९ देखि असोज १५ सम्म सदस्य राष्ट्रका तर्फबाट सम्बोधन गर्ने कार्यतालिका बनेको छ । जस अन्तर्गत नेपालका तर्फबाट सरकार प्रमुखले सम्बोधन गर्ने सूचीमा उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले १ सय ४ वटा देशका राष्ट्र, सरकार र प्रतिनिधि मण्डल प्रमुखहरुले सम्बोधन गरेपछि मात्र सम्बोधन गर्ने छन् । 

महासभामा प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा अतिकम विकसित राष्ट्र(एलडीसी) र अतिकम विकसित भूपरिवेष्ठित राष्ट्रको हित, जलवायु परिवर्तन, गरिबी निवारणलगायतका मुद्दालाई प्राथमिकताका साथ उठाउने मन्त्रालय स्रोतले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले युनजिए–७३ को साइडलाइनमा केही उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम बनिरहेको छ । प्रधानमन्त्री ओलीले केही मित्रराष्ट्रका प्रधानमन्त्री÷राष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता गर्ने गरी कार्यक्रम समेत रहेको स्रोतले जनाएको छ । 

यसैगरी प्रधानमन्त्री ओली उत्तर अमेरिकाबाट दक्षिण अमेरिका भ्रमणमा समेत जाने कार्यक्रम समेत रहेको बताइएको छ । दक्षिण अमेरिकी राष्ट्र कोस्टारिकाबाट भ्रमणको निम्तो आएको हुँदा प्रधानमन्त्री ओली त्यस तर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs