जोशीमाथि महाअभियोग दर्ता हुदै

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएर पनि संसदिय सुनुवाई मार्फत अस्वीकृत भएका सर्वोच्च अदालतका बरिष्ठतम न्यायधिश दिपकराज जोशी माथि सत्तारुढ नेकपाका सांसदहरुले संसदमा महाअभियोगको प्रस्ताव दर्ता गराउने भएका छन ।

जोशीमाथि महाअभियोग दर्ता गर्ने प्रयोजनका लागि हस्ताक्षर संकलनको कार्य सम्पन्न भई हस्ताक्षरको कपि सत्तारुढ दल नेकपाका मूख्य सचेतक देवप्रसाद गूरुङले लिएका छन् । संम्भवतः जोशीमाथि बिहिबारै साँझसम्म संसद सचिवालय सिंहदरवारमा महाअभियोग प्रस्ताव दर्ता भइसक्ने सत्तारुढ दलका एक नेताले आजको न्यूजलाई बताएका छन् ।

बिहिबार नभए शुक्रबार कार्यालय समय सूरु हुने बितिकै उनिमाथि महाअभियोग प्रस्ताव दर्ता हुने ती नेताले बताएका छन् । प्रधानन्यायधिशमा अस्वीकृत भएपछि लामो समयदेखि बिदामा बस्दै आएका जोशी सर्बोच्च अदालतमा समकक्षी ओमप्रकाश मिश्र प्रधानन्यायधिसमा नियुक्त भएपछि सर्बोच्च जान थालेका थिए ।

उनि सर्बोच्च जानु अघिनै सत्तारुढ दलले उनलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएका थिए । सत्तारुढ दलको सो रणनिति बुझेका नवनियुक्त प्रधानन्यायधिश ओमप्रकाश मिश्रले पनि केहि दिन जोशिलाई पेशिमा राखेका थिएनन । तर केहि दिन यता भने उनले नियमित सर्बोच्च गएर मुद्धा फैसला गर्दै आएका छन् ।

सत्तारुढ दलका सांसदहरुले राजिनामा नदिए महाअभियोगका लागि तयार रहन चुनौति दिएपछि प्रधानन्यायधिस मिश्रले पनि बरिष्ठ न्यायधिस जोशिलाई बिदा लिएर कुनै भ्रमणमा जान सुझाएका थिए । मिश्रकै आग्रह बमोजिम जोशि बिदा लिएर भ्रमणमा जाने तयारी समेत गरिरहेका थिए ।

तर संसदकै समितिबाट आफैले अस्वीकार गरिसकेका जोशिले सर्बोच्चमा धमाधम मुद्धा फैसला गरिरहे पछि सत्तारुढ दलका सांसदहरु उनिमाथी महाअभियोग प्रस्ताव दर्ता गर्ने निष्कर्शमा पुगेका हुन । र सोहि प्रयोजनका लागि बिहिबारै बिहानै हस्ताक्षेर संकलन कार्य सम्पन्न भइसकेको छ ।

जोशिको सर्बोच्च फिर्ति लत्तै केहि सबिधानविद् लगायतले भने प्रधानन्यायधिसमा अस्वीकृत भएको भएपनि न्यायधिस भएर कार्य गर्न बाधा नभएको बताएका थिए । जोशि नियमित मुद्धा मात्रै हेरिरहेका थिएनन आगामि पौषमा प्रधानन्यायधिस मिश्रको कार्यकाल सम्पन्न भएपश्चात पुनः प्रधानन्यायधिसमा सिफारिस हुने अपेक्षा गरिरहेका थिए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs