खसीबोकाको स्वास्थ्य परीक्षण गरिने

ललितपुर। नेपालीहरूको महान् चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौंलगायतका मुख्य शहरमा भित्रिने खसी बोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले विशेष गरी राजधानी भित्रिने पशु–पक्षीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिन लागेको जनाएको छ।

महानगरपालिकाले राजधानी भित्रिने खसी, बोका, राँगो, भैंसी स्वस्थ छन् कि छैनन् भनेर परीक्षण गर्ने र यसरी परीक्षण गरेका खसी, बोका, राँगा, भैंसीको सिङमा दुई प्रकारका रंग लगाउने भएको छ । महानगरपालिकाले हरियो चिह्न लगाए स्वस्थ र रातो चिह्न लगाए अस्वस्थ हुने भएकाले सोहीअनुरूप खसी, बोका खरिद गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

कामपाले मासु खाने प्रयोजनका लागि ल्याइएको चौपायको दशैंबाहेक अरू कुनै पनि समयमा स्वाथ्य परीक्षण गर्ने गरेको छैन। धेरै संख्यामा खसीबोकाको खरिदबिक्री हुने भएकाले दशैंमा राजधानी भित्रिने सबै खसी–बोकाको स्वाथ्य परीक्षण गर्ने गरेको छ।

महाशाखाका अनुसार कलंकी, कोटेश्वर, बागबजार र बिजुली बजारस्थित खसीबोका बिक्री केन्द्रमा खसीबोकाको स्वास्थ्य परीक्षण हुने भएको छ । कामपाले खसीबोका व्यवस्थापन समिति, ४ क्षेत्रका व्यापारी र सरोकारवालासँग छलफल गरी बिक्री केन्द्रलाई व्यवस्थित गर्ने भएको छ।

यो वर्ष खसीबोकालाई राख्ने स्थान सफा हुनुपर्ने निर्देशन व्यापारीलाई दिएको कामपाले जनाएको छ। गतवर्ष कामपाले ४ स्थानमा करिब ६० हजार खसीबोकाको स्वास्थ्य परीक्षण गरेको थियो। करिब ४ सयको हाराहारीमा अस्वस्थ खसीबोकाको सिङमा रातो रङ लगाइएको थियो।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs