सर्वसाधरणको करोडौँ उठाएर सुन पसले फरार

इटहरी  इटहरीका एक पसलले करोडौँ उठाएर फरार भएको खुलसा भएको छ । इटहरीमा रहेको भिमदिङ याङ्गसाम ज्वेलर्सले सर्वसाधारणको करोडौँ रुपैयाँ लिएर फरार भएको खुलसा भएको हो । आठ करोड भन्दा बढि सर्वसाधरणको रकम उठाएर ज्वेलर्स सञ्चालक भागे पछि बचतकर्ताहरुको रुवाबासी मच्चिएको छ । 

इटहरीका ८ का स्थानीय राजकुमार गजमेरले आफ्नो परिवारको जम्मा २१ लाख ढुबेको गुनासो गरे । ब्याजको लोभमा परेर जयबहादुर विश्वकर्मा श्रीमती सुभद्रा र दिदि अन्जनाको गरी जम्मा २१ लाख राखेको रहेछन् सञ्चालक फरार भएर तनाब भयो गजमेरले भने । केहि दिन देखि भागेको हल्ला भयो हामी अहिले जग्गा रोक्का गर्ने तयारी गर्दैछौँ ।

शुक्रबारसम्म ६० जनाको ८ करोड बढि रकम ढुबेको कारण अहिले आफुहरु संगठित हुदै गरेको गजमेरले बताए । सर्वसाधरणको करोडौँ रुपैयाँ ढुबाएर फरार भए पछि अधिकांस बचत कर्ताहरुको बिल्लीबाठ भएको उनको भनाई छ।

हामीहरु अहिले ठुलो समस्यामा परेका छौँ,  सञ्चालकद्धय मानकुमार लिम्बु र शीला लिम्बुले सर्वसाधरणको पैसा लिएर फरार भएको उनीहरुले बताएका छन ।  बिना अनुमती अबैध रुपमा खुलेको सुन पसलहरु धमाधम फरार तथा डुब्न थालेपछि सर्वसाधरणको करोडौँ रुपैयाँ जोखिममा पर्न थालेको हो ।

एक महिलाले नाम नबताउँने सर्तमा भनिन् मैले राखेको पैसाको बारेमा परिवारले थाहा पाए झनै समस्या हुन्छ । श्रीमानले विदेशबाट पठाएको पैसा राखेको भए पनि अहिले सुन पसलका सञ्चालक फरार भएपछि आफु समस्यामा परेको उनको भनाई थियो ।

केहि महिना अगाडी सिआईबीले अबैध सुन पसलहरुमा छापा मारेपछि सुन पसलहरु डुबेको भन्दै भाग्न थालेका छन् । तरहरामा रहेको सिंहदेवि ज्वेलर्सले सर्वसाधरणको १५ करोड भन्दा बढि रकम ढुबाएको भन्दै सञ्चालक दिपक गजमेर सहित कारागार चलान भएका छन् ।  सर्वसाधरणले महंगो ब्याजको लोभमा राखेको रकम धमाधम डुब्न थालेपछि सर्बसाधरणहरु समस्यामा परेका छन् ।

इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी शिव श्रेष्ठले सुनचाँदी व्यबसायीहरु फरार भएको बताए । उनले सर्बसाधरणको रकम लिएर फरार भएको भन्ने सुने पनि आधिकारिक उजुरी भने प्रहरी कार्यलयमा परेको छैन । यसअघि पनि हामीले सर्वसाधरणलाई सुन पसलमा पैसा नराख्न सुझाब दिईको थियौ, सर्बसाधरण ढुब्ने क्रम रोकिएन डिएसपी श्रेष्ठले भने ।

आर्थिक कारोबार ठप्प
पछिल्लो केहि महिना यता सुनसरीको तरहरा आर्थिक रुपमा ठप्प भएको छ । एकपछि अर्को सुन पसलहरुले हात उठाउँदै गएपछि सर्वसाधरणको करोडौँ रकम जोखिममा पर्न थालेको हो । तरहरामा रहेको सिंहदेवि ज्वेलर्सका सञ्चालक दिपक गजमेरले सर्वसाधरणको रकम डुबाएको हल्लाले अहिले तरहराका अधिकांस सुन पसलमा सर्वसाधरणको रकम जोखिममा हुन पुगेको हो ।

तरहरामा रहेको ठुला भनिएको ओम साई ज्वेलर्स, किरातेश्वर ज्वेलर्स र न्यू गजमेर ज्वेलर्स, रुपाली कर्नर एण्ड मनि ट्रान्सफरले पनि सर्वसाधरणले राखेको बचत फिर्ता गर्न सेकेका छैनन् । उनीहरुले आफुहरु डुबेको भन्दै बचतकर्ताहरुलाई धेरै रकममा सस्तो जग्गा भिडाउँदै आएको सर्वसाधरणहरु बताउँछन् ।

स्थानीय एक अगुवा नेताले भने तरहरामा सुन पसलकै कारण आर्थिक रुपमै धरासायी भएको बताए । ठुलो कारोबार हुने सुनपसलहरु डुबेपछि आर्थिक कारोबार ठप्प जस्तै भएको स्थानीयहरु बताउँछन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs