धावनमार्ग छाडेर समुद्रमै विमान अवतरण

काठमाडौं । प्रशान्त महासागरको माइक्रोनेसियामा एउटा हवाईजहाजलाई समुद्रमै अवतरण गराइएको छ । जहाजका पाइलट यसलाई चुक इन्टरनेसनल एयरपोर्टको धावनमार्गमा अवतरण गराउन चुकेका थिए ।

पपुवा न्यूगिनीको एयर न्युगिनीको यो जहाजबाट ३६ जना यात्रु र ११ जना चालक दलका सदस्यलाई उद्दार गरिएको छ । जहाज अवतरण हुनासाथ समुद्रमा रहेका डुंगाहरु उद्दारका लागि आएका थिए ।

एक उद्दारकर्ताले भने, ‘हामी जहाज नजिक पुग्दा भित्र कोलाहल थियो । यात्रुहरु बाहिर निस्किन तँछाडमछाड गरिरहेका थिए । तर, २० वटा डुंगा त्यहाँ पुगेको हुनाले सबैलाई उद्दार गर्न सफल भयौं ।’ विमानबाट निस्किन सफल एक यात्रुका अनुसार विमानभित्र कम्मरसम्म पानी पसिसकेको थियो ।

‘विमान अवतरण हुँदा ड्याङ्ग गरेको थियो, मैले धावन मार्गमा नै अवतरण भएको सोचेँ । तर बाहिर हेर्दा थाहा भयो कि हामी समुद्रमा थियौं,’ उनले भने । उद्दार गरिएका यात्रुहरुलाई नजिकैको अस्पताल भर्ना गरिएको छ । उनीहरुमध्ये तीन जनाको अवस्था नाजुक रहेको छ । एजेन्सी 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs