जापान पठाइदिने भन्दै ठगि गर्ने कोइराला पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै युवाहरुबाट रकम असुल गर्ने गरेको अभियोगमा दोलखाका दिनेश कोइरालालाई प्रहरीले पक्राउ गरेको छ । कोइरालाले खोटाङ दिप्रुङका श्याम खड्काबाट १९ लाख रुपैयाँ आसुलेको पाइएको महानगरीय प्रहरी अपराध महासाखाले जनाएको छ ।

कोइरालालाई महाशाखाको टोलीले मंगलबार काठमाडौंको बालुवाटारबाट पक्राउ गरेको हो । अनुसन्धानका क्रममा कोइरालाले अन्य व्यक्तिबाट पनि विदेश पठाउने, जग्गा खरिद गर्ने, व्यापार गर्ने लगायतका बहानामा ठूलो रकम उठाउने गरेको पाइएको महाशाखाले जनाएको छ ।

खड्कासँग रकम लिएर जापान नपठाएपछि कोइरालाले रकम नभएको खाताको १९ लाख रुपैयाँको चेक दिएको आधारमा बैंकिङ कसूर मुद्दामा आवश्यक कारबाही अघि बढाइएको महानगरीय प्रहरी प्रभाग टेकुले जनाएको छ ।

विभिन्न व्यक्तिहरुलाई पैसा डबल हुने, व्यापार व्यवसायमा शेयर दिने, सस्तो मूल्यमा जग्गा जमिन मिलाइदिने तथा वैदेशिक रोजगारीमा पठाइदिने बहाना बनाएर कोइरालाले १ अर्ब भन्दा बढी ठगी गरेको प्रहरीको आशंका छ । कोइरालाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs