सम्भोग गर्दा पलङ भाँचिएर शरीर प्यारालाइज्ड

काठमाडौं । दक्षिणपूर्वी इंगल्याण्डको बर्कशायर सहरमा एक जोडी दम्पत्तिले सम्भोगका क्रममा सावधानी नअपनाउँदा ठूलै सकस बेहोर्नुपरेको छ । सेक्स गर्दा पलङ नै भाँचिएपछि उत्तानो परेकी महिला भुइँमा बजारिँदा गम्भीर घाइते भएकी छिन् । उनको मेरुदण्डमा चोट लाग्दा उनको शरीर प्यारालाइज्ड भएको छ ।

समाचार अनुसार स्थानीय जोन नामका पुरुष उनकी क्लेयर नामकी पार्टनरसँग सम्भोगमा लीन थिए । तर एक्कासी उनीहरु यौनक्रिडा गरिरहेको पलङ भाँच्चियो र भुइँमा बजारिन पुगे । जोन मार्सलका अनुसार पलङ भाँचिएर भुइँमा बजारिएपछि उनी जुरुक्कै उठे तर क्लेयर भने लडिरहिन् । उनी जोडले हाँसे र क्लेयरलाई उठ्न भने । तर क्लेयर उठ्न सकिनन् । किनकी उनको मेरुदण्डमा गम्भीर चोट लागेको थियो ।

उनको जिउको माथिल्लो भाग नचल्ने भएको थियो । सेक्स गर्दा पलङ भाँचिएर जिउ नै नचल्ने भएकी ती महिलाले पलङ बनाउने कम्पनी विरुद्ध मुद्दा हालेकी छिन् । उनले केही दिनअघि मात्र उक्त बेड खरीद गरेकी थिइन् । लण्डन उच्च अदालतमा यो मुद्दामा सुनुवाई भएको छ । उनले पलङकै कमजोरीका कारण दुर्घटना भएको दाबी गरेकी छिन् । पलङ उत्पादक कम्पनीले भने यस्तो आरोप अस्विकार गरेको छ । एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs