कामदारले श्रम स्वीकृती अनलाइनबाटै पाउने

काठमाडौं । वैदेशिक रोजगारको लागि विभिन्न मुलुक पुगेर स्वदेश फर्किएका  नेपालीहरुले पुनः श्रम स्वीकृत (रिइन्ट्री) सेवा अनलाइनबाटै लिन पाउने भएका छन् । उनीहरुले अब त्यसैका लागि वैदेशिक रोजगार विभाग जानुनर्पे व्यवस्था गर्न लागिएको विभाग स्रोतले जानकारी दिएको छ । 

सरकारले वैदेशिक रोजगारीमा दोहोर्याएर जाने कामदारहरुलाई इजाजत नवीकरणका लागि अनलाइन सिस्टम प्रयोग गर्न लागेको श्रमप्रवक्ता नारायण रेग्मीले जानकारी दिए। वैदेशिक रोजगार विभाग ताहचलमा लाइनमै बसेर श्रमको नवीकरण गर्नुपर्ने व्यवस्थालाई सहज बनाउन अनलाइन प्रणाली सुरुआत गर्न लागेको उनले बताएका छन् । 

अब पुनः श्रमस्वीकृत (रिइन्ट्रि) का लागि अनलाइनबाट नै  आवेदन दिएर विमानस्थलबाट  प्रमाणीकरण  गरेर उड्न सकिने व्यवस्था लागू गर्न सिस्टम समेत  तयार हुने मन्त्रालयले जनाएको छ । 

‘रिइन्ट्रीका लागि पनि कार्यालय नै पुग्नुपर्ने झन्झटिलो व्यवस्था भएकोले त्यसलाई सहजीकरण गर्न मन्त्री विष्ट सकारात्मक रहेको  प्रबक्ता रेग्मीले बताए ।  रेग्मीका अनुसार अब अनलाइनबाटै रिइन्ट्री गर्ने व्यवस्था कार्यान्यवन गर्न मन्त्री विष्ट पनि छलफलमै जुटिरहेका छन् । 

सरकारले श्रम स्वीकृति नवीकरण विदशेस्थित नेपाली नियोगहरुबाट पनि गर्न सकिने गरी प्रस्ताव गरिसकेको जनाएको छ । यसका लागि वैदेशिक रोजगार ऐन संशोधन हुने गरी केही नेपालको ऐन संशोधन गर्न बनेको विधेयक मन्त्रिपरिषदले पास गरिसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावअनुसार यो व्यवस्थासहितको विधेयक अब संसदमा दर्ता हुनेछ । यो ऐन पारित भएपछि नियमावलीमा संशोधन गरेर सरकारले विदेशबाटै श्रम स्वीकृति दिने प्रक्रिया थाल्नेछ ।

एक कामदारले कम्तिमा दुईपटकसम्म विदेशमा नै श्रम रिइन्ट्री गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । यो कानुन औद्योगिक र घरेलु दुबै कामदारको हकमा लागू हुने व्यबस्था सरकारले गर्ने भएको छ । मन्त्रालयका एक उच्च अधिकारीकाअनुसार वैधानिक रुपमा विदेश पुगेका नेपाली कामदारहरुको हकमा दुईपटकसम्म सम्बन्धित देशको दूतावासबाट श्रम रिइन्ट्री गर्न सकिने व्यवस्था गर्न लागिएको हो ।

नियमावली संशोधनपछि आफ्नो भिसाको  अवधि थपेर विदेशमा थप समय बस्नेहरुलाई अब सरकारले विदेशस्थित राजदूतावास र कुटनीतिक नियोगहरुमार्फत नै श्रमको रि९इन्ट्रीको व्यवस्था गर्ने समेत मन्त्रालयले जनाएको छ । नेपाल फर्किएर रि९इन्ट्री गर्न चाहानेहरुलाई भने अब अनलाइन सिस्टमबाट रि९इन्ट्री गर्ने सुविधाका लागि  बढीमा एक महिना जति समय लाग्ने श्रम मन्त्रालयले जनाएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs