मन्त्री पण्डितले घुँडा टेकेर टिका लगाई दिए

काठमाडौँ । उच्चपदस्थकोमा दशैंको टिका थाप्न जाँदा घुँडा टेकेर टिका लगाइएको तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहँदा यता नेपाल सरकारकै एक जना मन्त्री स्वयंले भने आफै घुँडा टेकेर टिका लगाइ दिएको तस्बिर सार्वजनिक भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उनका निजी सुरक्षा अधिकारी(पिएसओज)लाई परिवारका सदस्यसँगै दशैको टिका तथा जमरा लगाई दिएको तस्बिर सार्वजनिक भएको हो ।

श्रीमतीसँगै रहेका मन्त्री पण्डितले टिका थाप्न आएका नेपाली सेनाका अधिकारीलाई सजिलो गरी पलेटी कसेर बसाएका छन् भने टिका लगाइदिँदा आफैले घुँडा टेकेका छन् । ‘टिका लगाई दिने व्यक्तिको सजिलोका लागि मैले घुँडा टेकेको हो,’ –मन्त्री पण्डितले भने–’पारिवारिक बैठक कोठामा परिवारका सदस्यहरूसहित आफूकहाँ आउनेहरूलाई पारिवारीकरुपमै टिका टालो गरेर दसैँ मनाइयो ।’

उनले भेटघाटका लागि रहेको भुईतलाको ठुलो बैठक कोठामासमेत नभई माथिल्लो तलामा रहेको पारिवारिक बैठक कोठामा नै टिका टालो गर्ने व्यवस्था मिलाएका थिए ।

परिवार, सचिवालयका सदस्य, मन्त्री निवासमा रहेका सुरक्षाकर्मी तथा भेट्न आउने आफन्तहरूलाई एउटै समयमा एकै ठाउँमा राखेर टिका लगाए दिएको बताउँदै मन्त्री पण्डितले ९ बजेर ५१ मिनेटमा छोरी, परिवारलाई टिका लगाएसँगै सचिवालय तथा सुरक्षाकर्मी साथीभाइ लाई टिका लगाई दिएर दशैं मनाएको बताए ।

निजी सुरक्षा अधिकारीलाई टिका लगाइदिँदाको उक्त तस्बिरले पदीय मर्यादा भन्दा माथि उठेर पारिवारिक बनाउन खोजेको दृश्य साच्चिकै सांस्कारिक र सम्मानयोग्य छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs