विमानस्थलको अनुगमनमा गृहमन्त्री थापा

काठमाडौं । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा समस्याको चाङ लागेपछि शुक्रबार विहानै गृहमन्त्री रामबहादुर थापा गृहसचिव प्रेमकुमार राईलाई लिएर विमानस्थल पुगे।

यात्रुले आफ्ना लगेज हराउने गरेको, समानको सुरक्षा नभएकोलगायत गुनासो गरेपछि अनुगमनका लागि गृहमन्त्री थापासहितको टोली विमानस्थल पुगेको हो। करिव एक घण्टासम्म विमानस्थल अनुगमन गरेका मन्त्री थापाले विमानस्थल व्यवस्थापनलाई जिम्मेवार बन्न निर्देशन दिएका थिए।

अनुगमनका क्रममा थापासहित गृहमन्त्रालयका सचिव प्रेम कुमार राई, नेपाल प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल पनि विमानस्थल पुगेको थिए। आफ्नो लगेज, ब्यागहरु काटेको अवस्थामा भेटिने गरेको, सामान चोरी भएको यस्तै बैकिङ क्षेत्रमा पैसा साट्ने क्रममा सहजता नहुने जस्ता अन्य विभिन्न समस्या आउने गुनासो यात्रुहरुले गरेको सचिव प्रेमकुमार राईको भनाई छ।

अनुगमन पश्चात गृहमन्त्रीले विमानस्थलका कर्मचारीहरुसँग छलफल समेत गरेका थिए । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs