Wednesday, 20th March, 2019

जेनेभा पुगेर नेपालले उठाए ग्रेटर नेपालको मुद्दा

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले भारतले हडपेको नेपालको ६० हजार वर्ग किलोमिटर भूभाग फिर्ता गर्नुपर्ने माग गरेका छन् । संयुक्त राष्ट्रसंघको मानवअधिकार आयोगको ४० औं सत्रमा बोल्दै नेपालले नेपा ल-भारतबीचको मैत्रीपूर्ण सम्झौताको दफा १ र ८ अनुसार सुगौली सन्धी रद्द भइसकेकोले भारतले हडपेको नेपाली भूभाग फिर्ता गर्नुपर्ने माग राखेका हुन् । उनले वक्तव्यमा भनेका छन्, “भारतले १९४७ देखि नै मानव अधिकार, मानवता र स्वतन्त्रता सम्बन्धि आधार भूत मापदण्डहरुको उल्लंघन गर्दै आएको छ ।

यति मात्र नभएर भारतले उपनिवेशविरुद्ध संयुक्त राष्ट्र संघको घोषणाको समेत विरोध गर्ने गरेको छ । वास्तवमा नेपाल-भारतबीचको मैत्रीपूर्ण सम्झौताको दफा १ र ८ अनुसार सुगौली सन्धि रद्द भइसकेको हुँदा भारतले नेपालको ६० हजार वर्ग किलोमिटर भूभाग फि र्ता गर्नुपर्ने हुन्छ। ” उनले ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपाली भूमिमा भारतले अवैध ढंगमा व्यापारव्यवसाय सञ्चालन गरिरहेकोविरुद्ध चर्को आवाज उठाउने गरेकोसमेत बताए । उनले भने, “तर भारतले जानीजानी सीमा क्षेत्रका स्तम्भहरु यताउती सारेर नेपाली भूमि अतिक्रमण गर्ने गरेको छ । हालसम्म भारतले नेपालको १३०० वर्ग किलोमिटर भन्दा बढी जमिन अतिक्रमण गरिसकेको छ ।”

कालापानी क्षेत्रमा सन् १९६२ देखि नै ठूलो संख्यामा रहेको भारतीय अर्धसैनिक बलले लगभग ४०० वर्ग किमी भूभाग कब्जा गरिरहेको पनि बताए । “यसरी एउटा स्वतन्त्र देशको भूमिमा विदेशी सैनिकको उपस्थिति भनेको सो राष्ट्रको सार्वभौमिकताको धजिया उडाउनु हो”, उनले थपे, “त्यसैले नेपालीहरुका लागि चिन्ताजनक रहँदै आएको यस गम्भीर विषयप्रति आवश्यक ध्यान दिन अनुरोध गर्दछु ।” भारतको क्षेत्रीय विस्तारलाई रोक्न नेपाललाई ठोस समर्थन र प्राथमिकता दिइनेछ भन्ने अपेक्षा गरिएको अध्यक्ष नेपालले बताए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार






स्वास्थ्य

जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन...


काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने...


काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा...


काठमाडौं । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै...


काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको...


More News