Thursday, 18th April, 2019

गौतम बुद्ध विमानस्थलका लागि थप ४ अर्ब निकासा

काठमाडौं । सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । विमानस्थलका लागि चालु आर्थिक वर्षमा छुट्याइएको बजेट सकिएकाले अर्थ मन्त्रालयले थप ४ अर्ब बजेट रकामा न्तर गरिदिएको हो ।

आयोजना प्रभावित स्थानीयलाई मुआब्जा दिन दुई शिर्षकबाट थप ४ अर्ब रकमान्तर गरिएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा उक्त आयोजनाको मुआब्जा वितरणका लागि ५ अर्ब छुट्याएको थियो । तर, उक्त रकम सात महिनामै सकिएपछि आयोजनाले थप ८ अर्ब माग गर्दै मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।

विमानस्थलका लागि दुई वर्षअघिदेखि झण्डै २८८ विगाह जग्गा अधिग्रहण थालिएकोमा गत आर्थिक वर्ष ०७४/७५ बाटै मुआब्जा बितरण थालिएको थियो । ७९ विगाहा क्षेत्रफलमा फैलिएको साविकको भैरहवा विमानस्थललाई सबै जग्गा अधिग्रहण पश्चात विमानस्थलको कुल क्षेत्रफल ७१५ विगाहा पुग्ने छ । हालसम्म आयोजना प्रभावितलाई १४ अर्ब रुपैयाँ मुआब्जा बितरण भइसकेको छ । मुआब्जामा मात्रै २३ अर्ब खर्च हुने अनुमान छ ।

विमानस्थलको पहिलो चरणको काम सक्न मात्रै अर्ब भन्दा बढी लाग्ने देखिएको छ । दोस्रो चरणमा आयोजना विस्तार गर्दा जग्गा अपुग हुने देखेर अहिले नै अधिग्रहण गर्न लागिएको छ । सरकारले अर्का वर्षसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिसक्ने बताउँदै आएको छ ।

त्यसैले पनि विमानस्थल सञ्चालन हुनुअगावै जग्गा मुआब्जा वितरण गरिसक्ने तयारी छ । पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा विमानस्थलका अन्य भौतिक पूर्वाधारको निर्माण शुरु हुनेछ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य...


काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर (आईपीओ) वैशाख ३ गते...


काठमाडौं ।  एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद शेयरलाई नेपाल...


काठमाडाैं । बजारमा दोहोरो अंकको उछाल आएको छ । नेप्से परिसूचक १७.१६...


काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्जले हालको सर्किट ब्रेकको व्यवस्थालाई...


More News