Wednesday, 17th July, 2019

विश्वकै पहिलो उड्ने ट्याक्सीको परीक्षण सफल

काठमाडौं । जर्मनको एउटा स्टार्ट–अप कम्पनीले विश्वकै पहिलो आफैँ उड्ने पाँच सिटयुक्त ट्याक्सी सार्वजनिक गरेको छ । लिलियम कम्पनीले अघिल्लो महिनामा मात्र यसको नमुना परीक्षण गरेको थियो जुन आफैँ माथि उडेर अवतरण गर्न सफल रहेको थियो ।

विद्युतबाट चल्ने उक्त ट्याक्सीसँग ६० मिनेटमा ३०० किलोमिटरको यात्रा तय गर्ने क्षमता रहेको बताइएको छ । यसअघि थुप्रै कम्पनीहरुले आफैँ उड्ने ट्याक्सी परीक्षण गरिसकेका छन् तर तिनमा दुईवटा सिट मात्र निर्माण गरिएको थियो । यसरी  बिहीबार मात्र सार्वजनिक गरिएको उक्त एयर ट्याक्सी २०२५ सम्ममा विश्वभरका विभिन्न शहरमा उपलब्ध हुने र पूर्ण रुपमा सञ्चालनमा आउने बताएको छ ।

तर यसको सेवा शुल्क कति लाग्नेछ भन्नेबारे स्पष्ट जानकारी नदिएपनि कम्पनीले साधारण ट्याक्सी समान शुल्क लिइने दाबी गरेको हो । कम्पनीका व्यवसायिक अधिकारी रेमो गर्बरले सिएनएनसँग बोल्दै भने, “हाम्रो उद्देश्य साधारण मानिसहरुलाई पनि यसको पहुँच दिलाउनु हो र ठुल्ठुला धनी व्यवसायी यात्रीहरुलाई मात्र नभएर जोसुकैले पनि यसको सेवा लिन पाऊन् भन्ने हाम्रो चाहाना रहेको छ ।”

लिलियमका प्रमुख कार्यकारी अधिकृत एवम् सहसंस्थापक ड्यानिअल वेइगन्ड भन्छन्, “यसरी दुईवटा सिटबाट पाँचवटासम्म पुग्नु हाम्रो पहिलेदेखिको लक्ष्य थियो जसमार्फत धेरै यात्रीले उडान भर्न सक्छन् ।” सो ट्याक्सीले ३६ विद्युतिय मोटरबाट ऊर्जा प्राप्त गर्दछ जसले यसलाई ठाडो अवस्थामै उड्न र अवतरण गर्न सहायता गर्दछ । लिलियमका अनुसार एकपटकको चार्जमा यो लगातार एक घण्टासम्म यात्रा गरिरहन सक्छ ।

लिलियमका अनुसार २०२० को मध्यदेखि यसको तिव्र उत्पादन गर्ने अपेक्षा गरिएको छ । विश्लेषकहरुले पनि यसले आजका व्यस्त सहरहरुमा प्रदुषण कम गराउनुका साथै यातायात सेवा सहज बनाउन मद्दत गर्ने बताएका छन् ।  ड्यानीअलले थप भने, “हामीले आधुनिक उडान सेवालाई नयाँ स्तरमा पुर्याइरहेका छोँ र हामीले त्यस्तो दुनियाँको सपना देखेका छौँ जहाँ मान्छे आफूले जहिले जहाँ मन लाग्यो त्यहाँ उडेर जान सकोस् ।”

यसरी लिलियमले अहिले विश्वका ठुल्ठुला व्यवसाय र शिर्ष कम्पनीहरुलाई प्रतिस्पर्धा दिइरहेको छ ।  विश्वको सबैभन्दा टप सवारी फर्म उबरले यसअघि नासासँगको सहकार्यमा २०२३ सम्म उड्ने ट्याक्सीको नेटवर्क लन्च गर्ने लक्ष्यबारे जानकारी दिएको थियो ।  तर २०१५ मा मात्र स्थापना भएको यो कम्पनीले अधिकांश प्रतिस्पर्धीहरुको तुलनामा आफ्नो यात्रा लामो समयसम्म जारी रख्न आफू सक्षम रहेको दाबी गरेको छ । एजेन्सी 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News