Sunday, 18th August, 2019

हुवावेका मोबाइलमा गुगल र जिमेल नचल्ने

काठमाडौं । गुगलले चिनियाँ मोबाइल कम्पनी ह्वावेईसँगको व्यापार सीमित पार्दै ह्वावेईलाई उसका मोबाइल सेवाहरूबाट वञ्चित गरिदिएको छ । यसको अर्थ ह्वावेईले अब गुगलको प्राविधिक सहायता पाउनेछैन र उसका नयाँ स्मार्टफोनहरूले लोकप्रिय गुगल एप तथा सेवामा पहुँच पाउने छैनन् ।

गुगलका एक प्रवक्ताले अमेरिकी सरकारको पछिल्लो निर्णय स्वीकार गर्ने क्रममा गुगल रहेको बताए। रोयटर्स समाचार संस्थाका अनुसार नयाँ ह्वावेई स्मार्टफोनहरू गुगलका केही सेवाबाट वञ्चित हुनेछन्। उक्त समाचार संस्थाका अनुसार ह्वावेईका नयाँ स्मार्टफोनहरूले गुगलको एप स्टोर तथा उसको जीमेल जस्ता सेवामा अब पहुँच पाउने छैनन्।

ह्वावेईले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। रोयटर्सले नाम नखुलाइएको सूत्रलाई उद्धृत गर्दै कस्ता कस्ता सेवाबाट ह्वावेईलाई वञ्चित गराइने भन्ने बारे गुगल अझै छलफलरत छ। तर ह्वावेईले अझैपनि ओपन सोर्स लाइसेन्समार्फत उपलब्ध एन्ड्रोइड अपरेटिङ सिस्टम भने प्रयोग गर्न सक्नेछ।

बुधवार ट्रम्प प्रशासनले ह्वावेईलाई कालो सूचीमा राख्ने निर्णय गर्दै अनुमति विना उसलाई कुनै प्रविधि बेच्न अमेरिकी कम्पनीहरूमाथि रोक लगाएको थियो। एजेन्सी 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News