Sunday, 18th August, 2019

कतारमा हालसम्म १४०० नेपाली मजदूरको मृत्यु

काठमाडौं । सन् २०२२ मा हुने विश्वकपको लागि कतारमा निर्माण भइरहेको फुटबल स्टेडियम निर्माणको क्रममा अहिलेसम्म कम्तीमा १४०० नेपाली कामदारको मृत्यु भएको जर्मनीको एक टेलिभिजनले दावी गरेको छ । स्टेडियम निर्माण सुरु भएपछि हालसम्म दोहामा बसोवासको अवस्थाका कारण तथा निर्माणको क्रममा हुने दुर्घटनाका क्रममा प्रत्येक वर्ष ११० जनाको ज्यान जाने गरेको तथ्यांक छ । जर्मनीको टेलिभिजन डब्लुडिआरले एक डकुमेट्रीमा यी तथ्यांक प्रस्तुत गरेको मलेसियाको मिडिया भरियनले लेखेको छ ।

परिवारका सदस्यको मृत्युबाट प्रभावित एक परिवारले आफूहरुले दोहाबाट कुनै प्रकारको क्षतिपूर्ति नपाएको बताए । ‘ट्रयाप्ड इन कतार’ नाम दिइएको यो अनुसन्धानात्मक डकुमेन्ट्री शुक्रबार रिलिज गरिएको थियो । डकुमेन्ट्रीमा यसरी काम गर्ने कामदारले क्याम्पमा आधारभूत आवश्यकताका वस्तुबिनै ठूलो संख्यामा बस्नुपर्ने खुलासा गरिएको छ ।

नेपालले अहिले आफ्ना नागरिकलाई कतारमा काम गर्न जान रोक लगाउने तयारी गरिरहेको छ तर ठूलो संख्यामा नेपालीहरु कतारमा काम गर्न जान चाहन्छन् । ३ वर्ष कतार बसेर आएका दिनेश रेग्मीका अनुसार एक दशकअघि कतारलाई विश्वकप आयोजना गर्न दिे निर्णय भएदेखि अहिलेसम्म नेपाली कामदारको अवस्था उस्तै छ ।

केही नेपाली कामदारहरु साइटबाट खसेर मर्छन् भने केही यहाँको गर्मी मौसमका कारण मर्छन् । ‘२ वर्षअघि म त्यहाँ हुँदा कमाइको आशामा आउने नेपाली कामदारको पीडा देखेको छु’ उनले भने ‘उनीहरुलाई बेसिक पारिश्रमिक र आधारभूत सुविधासमेत दिइँदैन ।’ नेपालको अध्यागमन विभागका एक अधिकारीले कतारमा नेपाली कामदारको अवस्थाबारे सरकार सचेत भएको भन्दै अरब न्यूजसँग भने ‘हामी कामदारलाई त्यहाँ जान प्रोत्साहित गर्दैनौं ।’


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News