Monday, 17th June, 2019

देशभर फेरी रासायनिक मलको हाहाकार

काठमाडौं । कृषकहरुले बालीनालीमा मलजल गर्ने समय नजिकीनै लाग्दा देशभर रासायनिक मलको हाहाकार देखिएको छ । कृषि सामग्री कम्पनीको शाखा तथा उपशाखा कार्यलयको साथै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेको कार्यलयहरुमा मल लिनको लागि सहकारीहरु लाइन लागेर बसिरहेका छन् ।

तर सरकारले भने देशलाई आवश्यक पर्ने मल आयात गर्नै सकिरहेको छैन । सरकारले चालु आर्थिक वर्षमा करिब २ लाख ८३ हजार मेट्रिकम टन मल आयत गर्न पुग्ने बजेट छुट्याएको थियो । तर अन्तराष्ट्रिय बजारमा मलको मुल्य बढेको र डलरको मूल्य पनि बढेकोले अपेक्षाकृत आयात हुन नसकेको कृषि विकास मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यति सम्म कि थप गरिएको बजेटले ग्लोबल टेन्डरमा गएर आयात गर्दा समय बढी लाग्ने हुँदा कसरी मल ल्याउन भन्ने अन्यौलमा मन्त्रालय छ । चालु आर्थिक वर्षमा सरकाले मलको अुदानको लागि भनेर ५ अर्ब ९९ करोड रकम छुट्याएको थियो । उक्त रकमले अपुग भएपछि पुन ३ अर्ब रुपैयाँ थप गरेको थियो । पहिलो चरणमा आएको अनुदानको रकमले ग्लोबल टेन्डर मार्फत २ लाख ३१ हजार मेट्रिक टन मल आयात गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै आगामी आर्थिक वर्षको बजेटबाट भुक्तानी गर्ने गरी ग्लोबल टेन्डरको माध्यमबाट कृषि सामाग्रि कम्पनीले नै थप ५५ हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनले ४० हजार मेट्रिक टन मल आयात गर्न सम्झौता भएको मन्त्रालयका प्रवक्ता तेज बहादुर सुवेदी बताउँछन् ।

कृषि सामाग्री कम्पनीले ल्याउन लागेको मल नेपाल आउन सुरु भइसेको तर साल्ट ट्रेडीङले ल्याउने मल भने कृषि सामाग्रीले ल्याएको मल आयात पछी मात्र आउने मन्त्रालयले जनाएको छ । सरकारले ३ अर्ब अनुदान थप गरेसँगै कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडीङले ल्याउन लागेको मलको भुक्तानी हुने र बाँकी रहेका रकमबाट  करिब ३० हजार मेट्रिक टन जिटुजि प्रक्रियाबाट ल्याउन पहल भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिए ।

गत बर्षको स्टक रहेको ६४ हजार मेट्रिक टन र चालु आर्थिक वर्षको अनुदानबाट आयात गरिएको २ लाख ३१ हजार मेट्रिक टन गरी कुल २ लाख ९५ हजर मेट्रिक टन मल बिक्रि भईसकेको छ । मन्त्रालयका अनुसार अहिले साल्ट ट्रेडिङ कर्पोरेसन सँग मल स्टकमा छैन तर कृषि सामाग्रि कम्पनी सँग ९ हजार मेट्रिक टन डिएपी, ६ हजार मेट्रिक टन युरीया र ५ हजार मेट्रिक टन पोटास गरी २० हजार मेट्रिक टन मल स्टक छ ।

कृषि सामाग्री कम्पनीले ल्याउने क्रममा रहेको ५५ हजार मेट्रिक टन मलमा सम्पुर्ण युरीया नै रहेकोले यसको स्टक बढ्दै जाने तर डिएपीको मल भने तत्काल आउने सम्भावन कम रहेको देखिन्छ । कृषि सामाग्रीले ल्याउने लागेको मल कोलकत्ता बन्दरगाहबाट ल्याउन क्रममा रहेकोले उक्त मल ल्याएपछि मात्र साल्ट्र ट्रेडिङले मल ल्याउने छ।

बन्दरगाहमा ठाउँ अभाव रहेकोले दुवै कम्पनीले एक साथ मल ल्याउन नसकेका हुन् । साल्ट ट्रेडिङले ४० हजार मेट्रिक टन मल ल्याउन लागेको हो जस मध्ये आधा डिएपि रहेको छ । अब आउने मल ९५ हजर मेट्रिक टन मात्र हो ।

नेपालमा युरीया, डिएपी र पोटाँस गरी वार्षिक ६ देखी ७ लाख मेट्रिकक टन सम्म मल खपत हुन सक्ने प्राविधिक अनुमान रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवक्ता तेज बहादुर सुवेदी बताउँछन् । जस मध्ये करिब ५५ प्रतिशत युरीया, ४० प्रतिशत डिएपी र ५ प्रतिशत पोटासको माग हुने गरेको मन्त्रालयले जनाएको छ ।

तर अहीलेको अवस्थामा ४ देखी ५ लाख मेट्रिक टन मल आयाात हुदाँ कृषिकको माग धान्न पर्याप्त हुने सुवेदीको दाबी छ। यस हिसाबमा अब आउने मल बिक्रि भईसक्दा पनि करिब १ लाख मेट्रिक टन मल अभाव नै रहन्छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


काठमाडौं । चार कारोबार दिनसम्म लगातार शेयर बजारट गिरावट हुँदा ३४.८८ अंकले...


काठमाडौं । शुभम् पावर कम्पनीले जेठ २५ गते शनिबार वार्षिक साधारण सभा...


More News