Monday, 17th June, 2019

भारतले अमेरिकालाई मुर्ख नसोचे हुन्छ : ट्रम्प

काठमाडौं । विश्वमा नै आफुलाई शक्तिशाली देशको रुपमा देखाउँदै आएको अमेरिका कतिपय देशसंग परमाणु सम्झौता र व्यापार युद्धमा नै अग्रसर बढि देखिईरहेको छ । इरान, रुस, चीन, भेनेजुएला, भारत लगायतका देशसंग कुनै न कुनै रुपमा अमेरिकाको असन्तुष्टी रहदै आएको छ ।

चीन पछि अमेरिकाको व्यापार युद्ध कतै न कतै भारतसंग पनि हुदै आएको छ । कहिले भारतले अमेरिकालाई सामानमा अत्याधिक कर लाद्ने गरेको छ भने कहिले अमेरिकाले भारतलाई । केही समय अगाडीसम्म भारतले इरानसंग तेल र रुससंग हतियार किनेको भन्दै रुष्ट भएको अमेरिकालाई फकाउन भारतले इारनसंग तेल खरिद आधा घटाईसकेको छ भने भेनेजुएलासंग पुर्णरुपमा बन्द गरिसकेको छ ।

तर पनि अमेरिका भारतबीच हुने व्यापार असन्तुष्टी रोकिएको छैन । हाल भारतले अमेरिकाबाट आयात हुने गरेको मोटरसाईकलमाथि चर्काे कर लगाएको छ । यही कारण डोनाल्ड ट्रम्प असन्तुष्ट भएका छन् । भारतले अमेरिकी मोटरबाईक हार्ले डेविडसनमाथि अत्याधिक कर लगाएको भन्दै मोदीसंग रिसाएका हुन् ।

हुन त भारतले उक्त मोटरसाईकलमाथिको कर सय प्रतिशत घटाएर ५० प्रतिशतमा झारेको छ तर ट्रम्प यसमा पनि खुसी छैन । सीबीएस न्युजसंग कुराकानी गर्दै ट्रम्पले आफनो शासनकालमा अमेरिकालाई कसैले मुर्ख नसोच्न भनेका छन् ।

कुराकानीको क्रममा उनले भने “मेरो शासनकालमा अमेरिकालाई कसैले पनि मुर्ख बनाउन सक्दैनन् । अमेरिका मुर्ख देश होईन । भारत हाम्रो असल मित्र हो । नरेन्द्र मोदीले एक फोनकै भरमा मोटरसाईकलमाथिको कर सयप्रतिशतबाट ५० प्रतिशतमा त झारेका छन्, तर पनि यो पर्याप्त छैन । हामीले उनीहरुको मोटरसाईकलमाथि कुनै कर लगाउँदैनौँ भने हाम्रोमा चाही किन ? यो कदापी स्वीकार्य हुने छैन”। एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


काठमाडौं । चार कारोबार दिनसम्म लगातार शेयर बजारट गिरावट हुँदा ३४.८८ अंकले...


काठमाडौं । शुभम् पावर कम्पनीले जेठ २५ गते शनिबार वार्षिक साधारण सभा...


More News