Monday, 17th June, 2019

युरोटनेल रेल चढेर प्रधानमन्त्री ओली फ्रान्स प्रस्थान

काठमाडौं । बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतका विभिन्न कार्यक्रममा सहभागी भएर आज दिउँसो मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणमा गएका छन् । प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो लण्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिस को बताइएको छ ।

नेपालमा रेल यातायातको सपना देखाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओली युरो टनेल भनिने भूमिगत रेलमार्ग हुँदै फ्रान्स एका छन्। १९ अर्व डलरभन्दा बढीको लागतमा फ्रान्स र बेलायतबीच समुद्री सतह ‘इंग्लिस च्यानलमुनि’ बनाइएको सुरुङमार्ग ५० किलोमिटर लामो रहेको छ ।

प्रत्येक वर्ष करिब एक करोड यात्रुहरु बेलायत र फ्रान्सबीच आवतजावत गर्ने उक्त सुरुङमार्ग हुँदै नेपालका प्रधानमन्त्रीपनि लण्डनबाट पेरिस प्रस्थान गर्ने बताइएको छ । निर्माण सुरु भएको एकसय वर्षपछि बेलायतदेखि फ्रान्ससम्म सुरुङ छिचोल्न सफल भएको उक्त रेलमार्गलाई युरोप भ्रमणमा रहेको नेपाली टोलिले निकै चासोपूर्बक हेर्ने ठानिएको छ ।

स्वीट्जरल्याण्ड र बेलायतको भ्रमणसकेर प्रधानमन्त्री ओलीले आजदेखिनै फ्रान्सको भम्रण गर्नेछन्। प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो फ्रान्सका प्रधानमन्त्री इडियार्डों फिलिपेसँग भेटबार्ता हुने पेरिसस्थित नेपाली दूताबासले जनाएको छ । नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगिसकेको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


काठमाडौं । चार कारोबार दिनसम्म लगातार शेयर बजारट गिरावट हुँदा ३४.८८ अंकले...


काठमाडौं । शुभम् पावर कम्पनीले जेठ २५ गते शनिबार वार्षिक साधारण सभा...


More News