Wednesday, 17th July, 2019

जनताको जनवादी कार्यक्रमसहित अघि बढने नेकपाको लक्ष्य : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले जनताको जनवादी कार्यक्रमसहित अघि बढने लक्ष्य लिएको दावी गरेका छन् ।अध्यक्ष प्रचण्डले समाजवादको लक्ष्य प्राप्त गर्न जनताको जनवादी कार्यक्रमसहित अघि बढने गरी तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण गरिएको बताए । उनले दुई पार्टीबीचको एकता सिद्धान्तहीन ढंगले नभएको उल्लेख गरे । 

‘जनताको जनवादी कार्यक्रमसहित जाने र देशलाई आर्थिक समृद्धि र विकासको नयाँ प्रगतितिर लैजाने बडो प्रस्ट लक्ष्यका साथ पार्टी एकता गरिएको छ,’ प्रचण्डले भने, ‘कतिपय मानिसहरु त्यो लक्ष्यलाई राम्रोसँग नबुझेर कन्फ्युज पनि हुन सक्छन, तर हाम्रो पार्टीको दुवैधारका नेताहरुले सर्वसम्मतिले तयार पारी पार्टी सचिवालय र स्थायी समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद र एक्काईसौैं शताब्दीको जनवाद दुवैका सकारात्मक पक्षलाई अघि बढाउँदै लैजाने उल्लेख गरिएको छ।’

प्रचण्डले आजको युग सुहाउने गरी पार्टीको सिद्धान्तलाई परिमार्जन र विकसित गर्दै लैजानुपर्नेमा जोड दिए ।  अध्यक्ष प्रचण्डले दुई पार्टीबीचको एकताबाट ऐतिहासिक र असाधारण कामको सूरुवात भएको उल्लेख गर्दै निराश नहुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे।

जनयुद्धकालका सहिद रितबहादुर खड्काको १७ औं स्मृतिको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सहिदहरुको सपनालाई साकार पार्ने लक्ष्यका साथ पार्टी अघि बढिरहेको दावी गरे। अध्यक्ष प्रचण्डले तत्कालीन माओवादीका केन्द्रिय सदस्य रितबहादुर खड्कालाई एउटा गतिशील नेताको रुपमा पनि चित्रण गरेका थिए। 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News