Wednesday, 17th July, 2019

विश्व योग दिवस बिभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं । आज विश्व योग दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ। हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाइन्छ। यस वर्षको विश्व योग दिवस ‘मुटुका लागि योग’ विषयमा केन्द्रित रहेको छ।योगलाई शताब्दी विकासको सूचकाङ्कका रुपमा समेत लिइएको छ।

व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन थालिएको हो। योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रिकरणमा महत्व दिने योग गुरुले बताएका छन्। चित्त वृत्तिको निरोध नै योग हो भनेर पतञ्जलिले भनेका छन्। योगले चित्त् र वृत्तिलाई ठिक बाटोमा डोर्याउने योग गुरुहरु बताउँछन्।

विश्व योग दिवस अन्तर्राष्ट्रिय योग दिवसका नामले पनि चिनिन्छ। विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि सन् २०१५ देखि जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाइन थालिएको हो।पछिल्लो समय मानिसहरु निकै तनावपूर्ण वातावरणमा बाँचिरहेको अवस्थामा योगले त्यसलाई कम गर्न सहयोग गरेको छ ।

झारखण्डको राँचीमा आयोजित विश्व योग दिवसको विशेष कार्यक्रममा सहभागी हुँदै भारतीय प्रधानमन्त्री मोदीले योग गरिबहरुको स्वास्थ्यका लागि महत्वपूर्ण भएको बताएका छन्। साथै उनले औषधि मात्रै सबै रोगको उपचार नभएको बताउँदै योगले मानिसलाई स्वस्थ र अनुशासित बनाउन सहयोग गर्ने बताए।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News