Tuesday, 20th August, 2019

शेयर बजारमा दोहोरो अंकको बृद्धि

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु भएसँगै बजार चम्किन थालेको छ । ‘बिग मर्जर’का लागि भएका कतिपय प्रयासहरुका खबर सार्वजनिक भएसँगै लगानीकर्ताहरुले धमाधम वाणिज्य बैंकहरुको सेयर उठाउन थालेपछि बजारमा सकारात्मक प्रभाव देखिएको हो ।

‘बिग मर्जर’कै कारण बुधबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढ्यो । नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरीसँगै स्वभाविक कारोबारको आकार समेत बढ्न थालेको छ । नेप्से इण्डेक्ससँगै कारोबार(टर्नओभर) समेत समानान्तर ढंगले बढ्न थाल्नु बजारको भविष्यका लागि ‘सुखद संकेत’ रहेको विश्लेषक बताउँछन् ।

मंगलबारदेखि नेप्सेमा यस्तै सुखद संकेतहरु देखिन थालेका छन् । बुधबार नेप्से परिसूचक १५.६२ अंकले बढेर १२६८.६८ को विन्दूमा पुगेको छ । राम्रा र बलिया कम्पनीमा खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ३.०२ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.१३ अंकको बढोत्तरी भएको छ ।

यो दिन बजारका सबै उपसमूहको सूचक हराभरा भएका छन् । बैंकिङ समूह १३.७६ अंकले बढेको यो दिन विकास बैंक समूहमा १४.३९ अंक, माइक्रोफाइनान्स समूहमा २६.०२ अंक, बित्त समूह २.९५ अंक, होटल समूहमा १.६९ अंक, जलविद्युत समूहमा १४.९४ अंकको बढोत्तरी भएको छ ।

जीवन बिमा समूह ९४.९३ अंकले बढेको यो दिन निर्जीवन बिमा समूहमा ९३.४१ अंक, उत्पादन तथा प्रशोधन समूहमा १८.४६ अंक, म्युचुअल फण्ड समूहमा ०.०६ अंक र अन्य समूहमा ८.५७ अंकको बढोत्तरी भएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार




स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News