Friday, 15th November, 2019

राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । जापानका सम्राट नारुहितोको गद्दी आरोहण विशेष समारोहमा जापान भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान उनीहरू बसेका होटलमा भेटवार्ता भएको छ।

राष्ट्रपति भएपछि यो उनीहरूको पहिलो भेटघाट हो। सो अवसरमा राष्ट्रपति भण्डारीले समकक्षीलाई नेपाल भ्रमणका लागि निम्तो दिएकी थिइन्। नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै भारतीय राष्ट्रपति कोविन्दले भ्रमणको निमन्त्रणा स्वीकारेका थिए।

सन् २००६ मा सांसद हुँदा कोविन्दले नेपाल भ्रमण गरेका थिए। भारतबाट सहयोग प्राप्त आयोजनाहरूले नेपालमा तीव्रता पाएकाबारे छलफल हुनाका साथै पेट्रोलियम पाइपलाइन निर्धारित समयभन्दा छिटो बन्नु नमूनायोग्य काम भएको भेटवार्तामा उल्लेख गरिएको परराष्ट्र सचिव शङ्करदास वैरागीले जानकारी दिए।


दुवै पक्षले अन्य आयोजना पनि छिट्टै बन्ने विश्वास व्यक्त गरे। दुवै देशका प्रधानमन्त्रीहरूको गत वर्ष अप्रिल र जुनमा भएको भेटघाटपछि अरुण तेस्रो, पञ्चेश्वर, तराई सडक, एकीकृत भन्सार जाँचचौकी, रेल्वे आदि परियोजनाले तीव्रताका साथ गति लिएको जनाइएको छ। 

नेपालले गुरुनानकको जन्मजयन्तीमा तीनथरि सिक्का निष्काशन गरेकामा र गान्धी जयन्तीमा प्रकाशित कृतिमा प्रधानमन्त्री केपी ओली शर्माको लेख समेटिएकामा पनि भारतले नेपाललाई धन्यवाद दिएको छ।

सो अवसरमा नेपालका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं भारतीय पक्षबाट विदेश सचिव विजय गोख्ले, जापानका लागि भारतीय राजदूत सञ्जय वर्मालगायत सहभागी थिए। रासस


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।...


एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । हिमालयन बैंक लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा गत...


काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको...


काठमाडौं । साताको चौंथो कारोबार दिन बुधबार पनि शेयर बजारमा गिरावट...


काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको...


काठमाडौं । कम्पनीहरुले निश्काशन गर्ने प्राथमिक शेयर अर्थात आईपीओ...


More News