Tuesday, 21st January, 2020

माघे संक्रान्तिमा बिदा दिन मगर संघको माग

काठमाडौं । नेपाल मगर संघले माघे संक्रान्ति चाडमा सार्वजनिक बिदा दिन माग गरेको छ । माघे संक्रान्तिको अवसरमा सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट तथा शुभकामना आदनप्रदानमा मगर संघले सार्वजनिक बिदा दिन माग गरेको हो ।

मगर संघले माघे संक्रान्तिको अवसरमा माघ १ र २ गते काठमाडौंको टुँडिखेलमा ‘माघे सकराती राष्ट्रिय चाड शुभकामना आदान प्रदान तथा मगर मौलिक सांस्कृतिक महोत्सव’ आयोजना गरेको छ । संघले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

पत्रकार भेटघाटमा मगर संघका अध्यक्ष नवीन रोकामगरले माघे संक्रान्तिको अवसर दिंदै आएको सार्वजनिक बिदा कटौती गरेर सरकारले जनजातिमाथि अन्याय गरेको बताए । उनले माघे संक्रान्तिको अवसरमा चार प्रदेशका सरकारले सार्वजनिक बिदा दिएको बताउँदै संघीय सरकारले नै बिदा दिनुपर्ने माग गरे ।

‘हामीले आज बिहान गृहमन्त्रीलाई भेटेर माघे संक्रान्तिका दिन सार्वजनिक बिदा दिन आग्रह गरेका छौँ, उहाँले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजान्छु भन्नुभएको छ’, संघका अध्यक्ष रोकाले भने, ‘माघे संक्रान्ति, ल्होछार, उधौली उभौलीजस्ता चाडहरुमा दिइँदै आएको सार्वजनिक बिदा पुनर्स्थापित नगरिए हामी बाध्य भएर आन्दोलनमा जाने छौँ ।’

पत्रकार भेटघाटमा जारी वक्तव्यमा ‘माघे सकरातीलगायतका सांस्कृतिक चाडपर्वहरुमा नेपाल सरकारले कतौती गरेका सार्वजनिक बिदाहरुलाई समानता र सामाजिक न्यायको सिद्धान्तको आधारमा पुनर्स्थापना गराउनका लागि मन्त्रिस्तरीय समितिले ल्याएको सार्वजनिक बिदासम्बन्धीको प्रस्तावप्रति हार्दिक स्वागत गर्दै यथासक्य मन्त्रिपरिषद्‍बाट निर्णय गरी कार्यन्वयन गर्न माग गर्दछौँ’ भनिएको छ ।

संघले ‘माघे सकराती राष्ट्रिय चाड मनाउँदै अघि बर्ढौं । मगरात पहिचान र अधिकार प्राप्तिका लागि लडौं’ भन्ने मूल नारासहित माघ १ र २ गते टुँडिखेलमा आयोजित मगर मौलिक सांस्कृतिक महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले माघ १ गते अपराह्न १ बजे औपचारिक उद्घाटन गर्ने संघले जनाएको छ । महोत्सवमा मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक भेषभूषा, मौलिक खानपिनको प्रदर्शनी, धनुणबाण हान्ने तथा शुभकामना आदान–प्रदान गरिने संघले जनाएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

चितवन । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य...


सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।...


एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । स्वाप रेसियो निर्धारण् भएपश्चात हिजो माघ १ गते धितोपत्र...


काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट एनएमबी बैंकले वितरण गर्ने भनी...


काठमाडौं । बुधबार शेयर बजारमा क्रेताको चाप रहेको छ । सर्वाधिक बृद्धि...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाइ ब्रोकर लाइसेन्स...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको ४० प्रतिशत लाभांश वितरण गर्ने...


काठमाडौं । गत बुधबारदेखि निरन्तर बढेको शेयर बजारमा मंगलबार ब्रेक लागेको...


More News