Tuesday, 21st January, 2020

नौ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं  केही दिनदेखि लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेको छ।

बुधबारको तुलनामा बिहीबार पनि प्रतितोला एक हजारले सुनको मूल्य घटेको थियो। आज छापावाला सुनको मूल्य प्रतितोला ७४ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार तीन सय पुगेको छ। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार पाँच सय र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार दुई सय पुगेको थियो।

यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ। बिहीबारको तुलनामा १५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला आठ सय ८५ पुगेको छ। बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो। महासङ्घले बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार पाँच सय र तेजावी सुनको मूल्य प्रतितोला ७६ हजार दुई सय निर्धारण गरेको थियो।

सामान्य उतारचढावबीच कारोवार भइरहेको सुनको मूल्य अमेरिका र इरानबीचमा तनाव देखिन थालेपछि एकाएक उच्च वृद्धि भएको थियो। अहिले अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य वृद्धि भएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ५४९.९५ र चाँदीको मूल्य प्रतिऔँस १७.९२ अमेरिकी डलरमा झरेको छ।

विश्व बजारमा सोमबार सुनको मूल्य प्रतिऔँस एक हजार ५७३.५० अमेरिकी डलर पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएकाले स्वभाविकरुपमा त्यसको प्रभाव नेपाली बजारमा परेको महासङ्घले जनाएको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

चितवन । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य...


सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।...


एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । स्वाप रेसियो निर्धारण् भएपश्चात हिजो माघ १ गते धितोपत्र...


काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट एनएमबी बैंकले वितरण गर्ने भनी...


काठमाडौं । बुधबार शेयर बजारमा क्रेताको चाप रहेको छ । सर्वाधिक बृद्धि...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाइ ब्रोकर लाइसेन्स...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको ४० प्रतिशत लाभांश वितरण गर्ने...


काठमाडौं । गत बुधबारदेखि निरन्तर बढेको शेयर बजारमा मंगलबार ब्रेक लागेको...


More News