ज्वालामुखी विस्फोट हुँदा सहरमा खरानी फैलियो

काठमाडौं, २ असोज । जापानको दक्षिण पश्चिमी भूभागमा बिहिबार भएको ज्वालामुखी विस्फोटबाट निस्केको खरानी छेउछाउका चार सहरमा फैलेको छ। सिन्मोडाके ज्वालामुखी ६ वर्षयता विस्फोट भएको थिएन। स्थानीयले ज्वालामुखी विस्फोट हुँदाको आवाज सुनेको बताए। 

जापानको दक्षिण पश्चिमका कागोसिमा र मियाजाकी प्रिफ्याक्चरको सिमानामा ज्वालामुखी पर्वतको क्रेटरबाट १७ सय मिटर (५६ सय फिट) अग्लो धुवाँ र खरानीको मुस्लो निस्केको सञ्चारमाध्यमले जनाएका छन् । ज्वालामुखीबाट निस्केको खरानी बिहीबार मियाजाकी प्रिफ्याक्चरका कम्तीमा चार सहर र नगरहरूमा फैलेको जनाइएको छ।

जापानी टेलिभिजन टिबिएसले ज्वालामुखी पर्वतको फेदमा रहेका प्राथमिक विद्यालयका विद्यार्थीहरू विद्यालय जाँदा हेल्मेट र मास्क लगाएको दृश्य प्रसारण गरेको थियो। जापान मिटरोलजिक एजेन्सीले स्थानीयलाई ज्वालामुखी पर्वततर्फ नजान चेतावनी दिएको छ।

एजेन्सीले ज्वालामुखीबाट शुक्रबारसम्म खरानी र ढुंगा निस्कन सक्ने भन्दै स्थानीयलाई सावधान रहन भनेको छ । एजेन्सीका अनुसार ज्वालामुखीबाट निस्कने खरानी र ढुंगा जाने दिशा भने हावाको गति र ज्वालामुखीबाट निस्कने मुस्लोको आकारमा भर पर्ने पनि उल्लेख  गरेको छ। -एजेन्सी 

सबै पर्तिकृयाहरु

Ticketing Officer for Travel Agency

Posted: 2017-10-11 12:37:25

Ticketing Officer for Travel Agency # Post:Ticketing Officer (Female)No of Vacancies:...
Sales & Marketing Manager for a reputed Company

Posted: 2017-10-11 12:33:42

# Post : Sales & Marketing Manager No of Vacancies: 1Salary:Negotiable Minimum...
Tour Manager for a reputed Company !

Posted: 2017-10-11 12:32:56

# Post : Travel & Tour Manager - Female/Male No of Vacancies:...
Accountant for Trading Company

Posted: 2017-10-11 12:31:51

# Post:Accountant No of Vacancies: 2Salary:NegotiableMinimum Qualification:BachelorExperience:...
Marketing Manager for a reputed company!

Posted: 2017-10-11 11:51:54

Marketing Manager for a reputed organization ! # Post : Marketing Manager No of Vacancies:...
PHP Developer for IT Company

Posted: 2017-10-11 11:44:25

# Post:PHP Developer No of Vacancies: 2Salary : NegotiableMinimum...
More Jobs