बायाँ तर्फ ढल्केर सुत्नुका ६ फाइदा

एजेन्सी । धेरैजसो स्वास्थ्य जीवनको कुरा गर्दा हामी कस्तो खानपान गर्ने भन्ने विषयमा मात्र चर्चा गर्छौ । सन्तुलित खानपान र व्यायाम नै हामीलाई पर्याप्त लाग्छ, स्वस्थ्य जीवनको लागि । तर, यति मात्र काफी छैन । त्यसबाहेक अन्य स-साना आनीबानी जसले हामीलाई रोगी र जिर्ण बनाइरहेको हुन्छ । जस्तो कि सुत्ने पोजिसन वा तरिका ।

सुत्ने बानी मान्छे अनुसार फरक फरक हुन्छ । कोही उत्तानो परेर सुत्छन्, कोही घोप्टिएर । कोही खुम्चिएर त कोहि फैलिएर सुत्न रुचाउँछन् । वास्तवमा सुत्ने पोजिसनले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरको हुन्छ ।

कति सुत्ने:- स्वस्थ्य जीवनका लागि खानपान र व्यायाम जति आवश्यक छ, उत्तिनै निन्द्रा पनि । भनिन्छ, स्वास्थ्य जीवनका लागि दैनिक ७ वा ८ घण्टा मस्त निदाउनुपर्छ । बच्चाहरुले भने उमेर अनुसार यो भन्दा बढी समय निदाउनु पर्छ । वयस्कले कम्तीमा ८ घण्टा निदाउनै पर्छ ।

किन सुत्ने:- – निद्रा गहिरो हुनुपर्छ । र, गहिरो निन्द्रा पाउन मानसिक र शारीरिक रुपमा तन्दुरुस्त हुनुपर्छ । सुत्ने ओछ्यान, वातावरण, पोजिसन आदिले पनि हाम्रो निन्द्रलाई प्रभावित तुल्याउन सक्छ ।

राम्रो निन्द्राका लागि सुत्नुअघि हल्का व्यायाम, प्राणायाम लाभदायक हुने बताइन्छ । गहिरो सास लिने र छाड्ने प्रक्रियाले पनि निकै फाइदा गर्छ ।

कसरी सुत्ने:- वास्तु विज्ञान अनुसार पूर्व वा उत्तर दिशातर्फ शिर राखेर सुत्नु राम्रो हो । सुताईको पोजिसन र पृथ्वीको चुम्बकिय प्रभावले पनि हाम्रो स्वास्थ्यलाई असर गर्छ । सुत्दा धेरै अग्लो सिरानी राख्नु् हुँदैन ।

कस्तो पोजिसन उचित ?

बायाँतर्फ ढल्किएर सुत्नु स्वास्थ्यका लागि राम्रो हो । हुन त रातभर हामी एउटै पोजिसनमा सुत्दैनौ । यद्यपी सुत्नका लागि जब ओछ्यानमा पल्टन्छौ, तब बायाँतर्फ ढल्किएर सुत्नुपर्छ । किन त ?

१. खतरनाक रोगबाट बचाउँछ:

बायाँतर्फ ढल्किएर सुत्दा शरीरमा जम्मा भएको टक्सिन एवं बिकार बिस्तारै बाहिर निस्कन्छ । बायाँतर्फ ढल्किदा कलेजो र पाचन प्रणालीमा असर पुग्दैन, भोजन राम्ररी पच्छ । जब खानेकुरा राम्ररी पच्छ, धेरै रोग लाग्न पाउँदैन ।

२. फ्याटी लिभरबाट बचाउँछ:

कलेजोको काम बाइल जुस निकाल्नु हो, जसले गल ब्लडरमा पाचन क्रिया राम्ररी हुन पाउँछ । बायाँतर्फ ढल्किएर सुत्दा यो क्रिया ठिक डंगले हुन्छ । यसले गर्दा बोसो राम्ररी पच्छ । कलेजोमा बोसो जम्न पाउँदैन ।

३. मुटुमा दबाव पर्दैन:

वायाँतर्फ ढल्किएर सुत्दा मुटुमा दबाव पर्दैन । किनभने यतिबेला मुटुबाट रगतको आपूर्ति धेरै मात्रामा भइरहेको हुन्छ । जब मुटु स्वस्थ्य हुन्छ, रगत र अक्सिनको आपूर्ति सजिलै हुन्छ । यसले शरीर स्वस्थ्य हुन्छ ।

४. कलेजो र मृगौलाले राम्ररी काम गर्छ:

यसरी सुत्दा शरीरको बिकारयुक्त पदार्थ कलेजो र मृगौलाद्वारा बाहिर निस्कन्छ । त्यसैले सुतेको बेला यसलाई धेरै दबाव हुनु हुँदैन ।

५. कब्जियतबाट छुटकारा:

बायाँतर्फ ढल्किएर सुत्दा छोटो र लामो आन्द्रालाई पनि आरम मिल्छ । यसले कब्जियतको समस्या आउन दिदैन । बिहान दिसा गरेपछि पेट सफा हुन्छ ।

६.पाचन क्रियामा सहज:

यसरी सुत्दा पेट र अन्नाशयमा भोजन पचाउन सजिलो हुन्छ । यो पोजिसनमा सुत्दा अन्नाशयले खाना पचाउनका लागि इन्जाइम ठिक ढंगले निकाल्छ । त्यसले राती खाएको खाना पचाउँछ । जसलाई अपचको समस्या छ, पेटमा गडबडी छ, उनीहरुले बायाँतर्फ ढल्किएर सुत्नुपर्छ ।

अन्य फाइदा:

बायाँतर्फ ढल्किएर सुत्दा पेट सहि हुन्छ, थकान हट्छ, पेट फुल्दैन र शरीरका अन्य समस्या पनि हट्छ । दाहिनेतर्फ फर्केर सुत्दा भने शरीरलाई असर पुग्छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार






स्वास्थ्य

म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


काठमाडौं । शंखरापुर नगरपालिकास्थित कालिकाशरण उच्च माध्यमिक विद्यालय...


साहित्य

त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


१. स्वतन्त्रता उसले मलाई भन्यो- 'कुनै दासलाई सुतिरहेको देख्यौ भने नउठाउनू। हुन सक्छ, ऊ स्वतन्त्रताको सपना देखिरहेको होस्।' 'यदि कुनै दास सुतिरहेको देख्यौ भने उठाऊ र स्वतन्त्रताबारे उसलाई...


अन्तरवार्ता

अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
अभद्र व्यवहार गर्ने कारबाहीमा
बैतडी । दश वर्षीया बालिकामाथि...
बालिकालाई जबर्जस्ती गर्ने प्रहरी नियन्त्रणमा
कंचनपुर । दश वर्षीया बालिकालाई...
७० वर्षीय वृद्धलाई कुटपिट गर्ने कारागार चलान
कंचनपुर । कृष्णपुर नगरपालिका–७...
खराब आचरण भएका ६ प्रहरी कारवाहीमा
बर्दिया । सङ्गठनको व्यावसायिक...
More Jobs