Tuesday, 20th August, 2019

भ्यालेन्टाइन डेमा सबै ‘सिंगल’हरुलाई सित्तैमा चिया बाँडिने

काठमाडौं। भ्यालेन्टाइन डेमा जोडी हुनेहरुका लागि निकै व्यस्तता होला तर सिंगलहरुका लागि यो दिनले खासै अर्थ राख्दैन । यो दिन एक युवकले भने सबै सिंगलहरुलाई चिया खुवाउने घोषणा गरेर चर्चामा आएका छन् । यी युवकको नाम हो प्रफुल बिलोर । उनी भारतको अहमदाबादका हुन् । उनी यहाँ एक चियापसल संचालन गर्दै आएका छन् । 

एमबीए चायवाला नामको चिसा पसलका संस्थापक प्रफुल बिलोरले भ्यालेन्टाइन्स डेको दिन सबै सिंगललाई निःशुल्क चिया खुवाउने घोषणा गरेका हुन् । उनीहरुले फेसबुकमा एउटा पेज पनि बनाएका छन् जसको नाम राखिएको छ,‘फ्रि चाय फर सिंगल्स ।’ 

उक्त फेसबुक पेजमा लेखिएको छ – ‘यो भ्यालेन्टाइन्स डेमा, एमबीए चायले सबै सिंगलबारे सोचेको छ । निःशुल्क चिया, धेरै माया र प्रेरणा । आउनुहोस्, एमबीए ।’ यसबारे जानकारी दिँदै संस्थापक भन्छन्, ‘जोडीले मात्र सबै कुरामा मज्जा लिने भन्ने छ रु सिंगललाई पनि पुल्पुल्याउन आवश्यक छ । त्यसकारण यसवर्ष हामी सिंगलका लागि निःशुल्क चिया बाँड्दै छौं ।’ 

भ्यालेन्टाइन्स डेमा बिहान सात बजेदेखि बेलुकी १० बजेसम्म चिया बाँडिने उनले जानकारी दिए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार




स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News