तोकिएन प्रदेश प्रमूख र अस्थायी प्रदेश मुकाम

काठमाडौं । सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र अस्थायी मुकामबारे आज पनि निर्णय लिन सकेन । आज बस्ने बैठकले प्रदेश प्रमुख र अस्थायी मुकामबारे निर्णय गर्ने बताइएको भए पनि निर्णय गरेको छैन ।

आजको बैठकबाट त्यसको निर्णय नभएको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले बताए । सम्भवतः आगामी बैठकबाट प्रदेश प्रमुख तोक्ने र अस्थायी मुकाम तोकिने बस्नेतले बताए

सरकारको सिफारिसमा प्रदेश प्रमुखलाई राष्ट्रपतिले नियुक्ति दिने संवैधानिक व्यवस्था छ। प्रदेशको अस्याथी राजधानी भने सरकारले तोक्नेछ । स्थायी राजधानी भने सम्वन्धित प्रदेश सभाले नै तय गर्नेछ। 

आजको बैठकले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषदको आज शुक्रबार बसेको बैठकले यो निर्णय गरेको हो । २७ कात्तिक ०३६ मा धनकुटाको छिन्ताङ गाउँमा तत्कालिन भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा प्रहरीले गोली चलाउँदा १६ जनाको हत्या भएको थियो ।

तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको आरोप  वामपन्थीहरूले लगाउँदै अाएका बेला सरकारले मृतकहरूलार्इ सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

यसैगरी आजको मन्त्रिपरिषद बैठकले न्याय सेवाको विशिष्ठ श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा गर्ने, २०७५ को राष्ट्रिय आर्थिक गणना आदेश सूची बैसाख १ मा जारी गर्ने, विश्व बैंकबाट ८ अर्ब ऋण स्वीकार गर्ने, उपरथि गौरव तन्डुललाई रथीमा बढुवा गरी युएन मिसन कमान्डरको प्रतिस्पर्धाका लागि पठाउने, सरकारको पुनरावदेन समितिमा हेमराज पन्तलाई र प्राविधिक सहायक रथीमा गजेन्द्रराज शर्मालाई बढुवा गर्ने निर्णय गरेको छ । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs